Monday, 24 June 2024

सायद, तिम्रो आँखा मनपर्यो !

                लालीगुरांश  (सिर्जना भण्डारी)  


तिम्रो आँखामा कविता लेखेकोछु

तिम्रो आँखाकालागि गीतहरु गुन्गुनाएकोछु,

प्रेमका सुमधूर रागहरु बजाएकोछु

आँखामा सुन्दर सपनाहरु देखेकोछु

कहिल्यै नटुट्ने मरीमेटाइ भेटेकोछु

कहिल्यै नथाक्ने पर्खाइ देखेकोछु

हेराइहरुमा गहिरो प्रेम भेटेकोछु

पौडिन नजानेर नैनसागरमै डुबेकोछु!!

 

सायद, तिम्रो आँखा मनपर्यो

भौतिक सुन्दरता गौण हुन्छ

सायद आँखाभित्रको गहिराइ मनपर्यो

आँखाभित्रको पवित्र भाव मनपर्यो

आँखामा छल्किने दिव्यता मनपर्यो

आँखाको प्रेम पस्काइ मनपर्यो

बेचैन आँखाको खोजाइ मनपर्यो

आकर्षक आँखाको रोजाइ मनपर्यो

खै के-के मनपर्यो के-के

सबै मनपर्यो, मन डुब्यो

वाहिर निस्कने चाहपनि छैन

भौतिक आँखामा मेरो हकछैन

आँखाभित्रको चाहत अरुकसैकोलागि होइन

आँखा उनको, गहिराइ मेरो

शरीर उनको, हृदय मेरो

जीन्दगी उनको, जीवन मेरो

भानु उनको, प्रकाश मेरो

संरचना उनको, दिव्यता मेरो।।

Thursday, 20 June 2024

प्यासी प्रेमीका कथाहरु नलेखेरै लेखिएकाछन्

                        लालीगुरांश  (सिर्जना भण्डारी) 

मनका उत्कट रहरहरु वाणीमा फक्रिएकाछन्

आँखाका रंगीन सपनाहरु पर्खाइमा बसेकाछन्

प्रेमको गीत शव्दका रिदममा गुञ्जिएकाछन्

स्वयंबरका माला यादको धागोमा उनीएकाछन्

मिठो मिलनका आशहरु अधरभरि छरिएकाछन्

प्यासी प्रेमीका कथाहरु नलेखेरै लेखिएकाछन्।

 

प्यासी प्रेमीका कथाहरु नलेखेरै लेखिएकाछन्।।

Wednesday, 19 June 2024

तुमतो धड्कन बनचुकेहो मेरी💗💖

                        लालीगुरांश  (सिर्जना भण्डारी) 

प्यारसे सहेलाकरतो देखो यारम

क्या कुछ नकरजाउँ तेरेलिए

तेरेलिएही जीरही हुँ हरपल

तेरेलिएही मररही हुँ पलपल।

 

बनाचुकी हुँ मालिक तुम्हे

हमारी प्यारके छोटीसी आसीयानेकी

तुझमेही मिला खुदाके बरकत

तुझमेही पाइ जन्नतकी सुकुन।

 

तुम मिलगए हो मुझे

पागलसी होरही हुँ मैं

सुध-बुध सब खोचुकी हुँ

पुरीतराहासे तेरी होचुकी हुँ।

 

तुझे सामने लाए नालाए

खुदाके मर्जी, उन्हीकी कृपा

मैतो हरपल साथमे तेरी

तुमतो धड्कन बनचुकेहो मेरी।

Tuesday, 18 June 2024

हमारी हकीकत, हमारी कहानी!

        लालीगुरांश  (सिर्जना भण्डारी) 


अनुभव बतातीहै, सायद

सभी प्रेमीयोंके हिस्सेमे

मिल्ना लिखा नहींहोता

एकान्तमे दोनो बैठकर

सुखद संवाद नहींहोता

कुछ प्रेम कहानी

नैनोसे शुरु होकर

प्रेमकी सागरमे डुबजातेहै

एकदुसरेपे समर्पित होजातेहै

आँखोके प्यास बढजातेहै

देखनेकी अविप्सा जागतीहै

पर मुस्किल हालातोंमे

पिर पराइ नहींजानतेहै

प्रेमी दबावमे पढजातेहै

चाहत हृदयमे दबजातेहै

अश्रु बनकर बहेजातेहै

दुरी हकिकत बनजातेहै

सारे सपनें बिखरजातेहै

यादोंमे प्रेमी खोजातेहै

कहानी अधूरी रहजातीहै

एकबार देखनेकी अभिलासा

एकबार मिल्नेकी आशा

एकबार छुनेकी तृष्णा

एकबार आलिंगनकी तमन्ना

एकसाथ होनेकी लालसा

एकसाथ रोनेकी इच्छा

एकसाथ हंस्नेकी मनसा

एकसाथ जीनेकी कामना

इश्वरपर समर्पित होजातीहै

मनकी सभी कल्पनाएं

तस्वीरमे सिमटकर रहजातीहै!

 

Sunday, 16 June 2024

नयाँ जीवन जन्मिरहेछ💗💖

                                              लालीगुरांश  (सिर्जना भण्डारी) 


जीवनमा तिमी मलाई यसरी खोज्छौ

यस्तो लाग्छ, परमात्मा स्वयंले खोजिरहेछ।
हृदयको धड्कन यसरी तेज हुन्छ
यस्तो लाग्छ, नयाँ जीवन जन्मिरहेछ।
तिम्रो अधरमा यति चमक पाउँछु
यस्तो लाग्छ, दिव्य ज्योति चम्किरहेछ।
तिम्रो नयनमा यस्तो संकेत देख्छु
यस्तो लाग्छ, असिम चाहत बढिरहेछ।
तिम्रो आभासमा यस्तो ताप पाउँछु
यस्तो लाग्छ, मैनसरी तनमन पग्लिरहेछ।
तिम्रो हेराइमा यस्तो चमत्कार पाउँछु
यस्तो लाग्छ, जीवन सुन्दर बनिरहेछ।
तिम्रो वाणीमा यति माधुर्यता पाउँछु
यस्तो लाग्छ, सुमधूर ध्वनि गुञ्जिरहेछ।
तिम्रो मुस्कानमा यति ताजकी पाउँछु
यस्तो लाग्छ, जीवन कञ्चन भैरहेछ।
तिम्रो मौनतामा यति गुञ्जन पाउँछु
यस्तो लाग्छ, प्रितको राग बजिरहेछ।
तिम्रो तृष्णामा यस्तो मादकता पाउँछु
यस्तो लाग्छ, यौवन रंगीन भैरहेछ।
तिम्रो हाँसोमा यति आनन्द पाउँछु
यस्तो लाग्छ, सारा प्रकृति हाँसिरहेछ।
तिम्रो गीतमा यस्तो झंकार पाउँछु
यस्तो लाग्छ, हावामा सरगम बजिरहेछ।
तिम्रो गुनगुनाइमा यति मिठास पाउँछु
यस्तो लाग्छ, कोइलीले भाका हालिरहेछ।
तिम्रो उपस्थितिमा यस्तो सुवास पाउँछु
यस्तो लाग्छ, वरिपरीको मौसम मगमगाइरहेछ।
तिम्रो कवितामा यति सरलता पाउँछु
यस्तो लाग्छ, जीवन सहज बनिरहेछ।
तिम्रो पर्खाइमा यति धैर्यता पाउँछु
यस्तो लाग्छ, हाम्रो गोरेटो जोडिइरहेछ।
तिम्रो लक्ष्यमा यस्तो दृढता पाउँछु
यस्तो लाग्छ, दुई हृदय निकट भैरहेछ।
तिम्रो रित्याइमा यस्तो गहिराइ भेट्छु
यस्तो लाग्छ, डुवेर परम-पार लागिरहेछु।
तिम्रो रोजाइमा यति पूर्णता पाउँछु
यस्तो लाग्छ, जीवनमा परिपक्वता आइरहेछ।
तिम्रो कर्ममा यति समर्पण पाउँछु
यस्तो लाग्छ, मानवीयताले काँचुली फेरीरहेछ।
तिम्रो दौडाइमा यति उद्धभव पाउँछु
यस्तो लाग्छ, विकासले गति लिरहेछ।


Saturday, 15 June 2024

समय होइन म छुटेछु!

                लालीगुरांश  (सिर्जना भण्डारी) 

मैले कहिल्यै बुझाउनै सकिन
जे महसुस गरें तिम्रोलागि
सायद अज्ञानमा समझ पुगेन
सायद डरैडरमा हिम्मत भएन
सायद बेहोसमा ढंग मिलेन
सायद मैले सम्भव ठानिन
होसमा पछाडि फर्केर हेर्दा
समय छुटेर अगाडि बढिसकेछ
अहिले बुझ्दैछु, ढिलो भएछ
समय होइन म छुटेछु
बुझाउन नजानेर पछाडि परेछु।

मैले कहिल्यै भन्नै सकिन
जे भन्न चाहान्थें तिमीसंग
जो हृदयबाट गलासम्म आयो
तर मुखमा आएर अड्कीयो
भित्रभित्रै उठ्दै, ढल्दै गरिरह्यो
दन्किदै, जल्दै, निभ्दै भैरह्यो
मुस्कुराउदै, शरम मान्दै लुकिरह्यो 
होसमा पछाडि फर्केर हेर्दा
समय छुटेर अगाडि बढिसकेछ
अहिले बुझ्दैछु, ढिलो भएछ
समय होइन म छुटेछु
भन्न नजानेर पछाडि परेछु।

मैले कहिल्यै हेराउनै सकिन
जे देखाउन चाहान्थें तिमीलाई
नयन रुझ्दै, ओभाउदै बहिरहे
आकाश, जमिन मात्र हेरीरहे
बन्द हुदै, खुल्दै झुकिरहे
सांकेतिक भाषामा सिमित भए
होसमा पछाडि फर्केर हेर्दा
समय छुटेर अगाडि बढिसकेछ
अहिले बुझ्दैछु, ढिलो भएछ
समय होइन म छुटेछु
देखाउन नजानेर पछाडि परेछु।

मैले कहिल्यै दिलाउनै सकिन
जे दिन चाहान्थें तिमीलाई
सायद अज्ञानमा समझ पुगेन
सायद डरैडरमा हिम्मत भएन
सायद बेहोसमा ढंग मिलेन
सायद मैले सम्भव ठानिन
होसमा पछाडि फर्केर हेर्दा
समय छुटेर अगाडि बढिसकेछ
अहिले बुझ्दैछु, ढिलो भएछ
समय होइन म छुटेछु
दिन नजानेर पछाडि परेछु।




Friday, 14 June 2024

💛💛💛तिमीनै एक लक्ष्य मेरो!

                 

                 लालीगुरांश  (सिर्जना भण्डारी) 

अधूरो झिसमिसे साँझ थिएं
तिमी पूरा रात बनेर आयौ
अधूरो अदृश्य सपना थिएं
तिमी दृश्य कल्पना भएर आयौ
तिमीमा डुब्नुनै एक लक्ष्य मेरो

मधूरो झूठो छायाँ थिएं
तिमी प्रगाढ काया बनेर आयौ
बाटोमा हराएको यात्री थिएं
तिमी मेरो गन्तव्य बनेर आयौ
तिमीलाई भेट्नुनै एक लक्ष्य मेरो।

चुडिएको तारको राग थिएं
तिमी पूरा संगीत बनेर आयौ
सुकेको बर्खे नदी थिएं
तिमी गहिरो समुद्र बनेर आयौ
तिमीमा पुग्नुनै एक लक्ष्य मेरो।

शिशिरको उजाड पतझड थिएं
तिमी वसन्तको हरियाली बनेर आयौ
ओइलाएर झरेको फूल थिएं
तिमी फक्रिएको गुलाव बनेर आयौ
तिमीमा फूल्नुनै एक लक्ष्य मेरो।

धिपधिप बलिरहेको बत्ती थिएं
तिमी जगमग ज्योति भएर आयौ
पिंजडामा फंसेको पंक्षी थिएं
तिमी खुल्ला आकाश बनेर आयौ
तिमीसंग उड्नुनै एक लक्ष्य मेरो।

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...