Thursday, 20 June 2024

प्यासी प्रेमीका कथाहरु नलेखेरै लेखिएकाछन्

                        लालीगुरांश  (सिर्जना भण्डारी) 

मनका उत्कट रहरहरु वाणीमा फक्रिएकाछन्

आँखाका रंगीन सपनाहरु पर्खाइमा बसेकाछन्

प्रेमको गीत शव्दका रिदममा गुञ्जिएकाछन्

स्वयंबरका माला यादको धागोमा उनीएकाछन्

मिठो मिलनका आशहरु अधरभरि छरिएकाछन्

प्यासी प्रेमीका कथाहरु नलेखेरै लेखिएकाछन्।

 

प्यासी प्रेमीका कथाहरु नलेखेरै लेखिएकाछन्।।

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...