लालीगुरांश (सिर्जना भण्डारी)
भाग्य, खुशी, हिम्मत टिप्न मिल्नेभए
टिपेर तिम्रो हातमा प्रेमपूर्वक हालिदिन्थें
तिनको श्रोत अत्यन्तै दुर्लभ रहेछ
कहाँबाट ल्याउँ म त्यस्तो भाग्य
जसले हामीलाई एक गरिदिन सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो हिम्मत
हामी एकअर्काको नजिक आउन सकौं
कहाँबाट ल्याउँ म त्यस्तो खुशी
जसले हामीलाई आनन्दमा डुबाइदिन सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो प्रकाश
जसले अंधकार बाटोलाई झिमिलाइदिन सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो अवसर
जसले हामी आमनेसानमे गरिदिन सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो विश्वास
जसले एकअर्काको पर्खाइमा रोकिराख्न सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो आशा
जसले लक्ष्य भेटाइदिने आश्वासन दिनसकोस्
कहाँबाट ल्याउँ म त्यस्तो आस्था
जसले हामीलाई जोडिदिने विश्वास दिलाओस्
कहाँबाट ल्याउँ म त्यस्तो हृदय
जसले वर्तमालाई सुन्दर बनाउन सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो हृदय
जसले पछि हेरौंला भन्न सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो उदारता
तिमी अर्कैको हौ मान्न सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो वितृष्णा
अविश्मरणीय यादहरुलाई चतक्क बिर्सन सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो भाव
जसले यस्तै चलिरहोस भन्न सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो मन
जसले हरपरिस्थितिलाई सहजै स्वीकार्न सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो लेखन
जसले तिमीलाई सम्वोधन नगर्न सकोस्
कहाँबाट ल्याउँ म त्यस्तो चमत्कार
जसले पिडाहरुबाट निमेसमै उकास्न सकोस् !!
कहाँबाट ल्याउँ म त्यस्तो चमत्कार
जसले पिडाहरुबाट निमेसमै उकास्न सकोस् !!
No comments:
Post a Comment