लालीगुरांश (सिर्जना भण्डारी)
तिम्रो आँखामा कविता लेखेकोछु
तिम्रो आँखाकालागि गीतहरु गुन्गुनाएकोछु,
प्रेमका सुमधूर रागहरु बजाएकोछु
आँखामा सुन्दर सपनाहरु देखेकोछु
कहिल्यै नटुट्ने मरीमेटाइ भेटेकोछु
कहिल्यै नथाक्ने पर्खाइ देखेकोछु
हेराइहरुमा गहिरो प्रेम भेटेकोछु
पौडिन नजानेर नैनसागरमै डुबेकोछु!!
सायद, तिम्रो आँखा मनपर्यो
भौतिक सुन्दरता गौण हुन्छ
सायद आँखाभित्रको गहिराइ
मनपर्यो 
आँखाभित्रको पवित्र भाव मनपर्यो
आँखामा छल्किने दिव्यता
मनपर्यो
आँखाको प्रेम पस्काइ मनपर्यो
बेचैन आँखाको खोजाइ मनपर्यो
आकर्षक आँखाको रोजाइ मनपर्यो
खै के-के मनपर्यो के-के
सबै मनपर्यो, मन डुब्यो
वाहिर निस्कने चाहपनि छैन
भौतिक आँखामा मेरो हकछैन
आँखाभित्रको चाहत अरुकसैकोलागि
होइन
आँखा उनको, गहिराइ मेरो
शरीर उनको, हृदय मेरो
जीन्दगी उनको, जीवन मेरो
भानु उनको, प्रकाश मेरो
संरचना उनको, दिव्यता मेरो।।
No comments:
Post a Comment