Friday, 2 May 2025

हृदय चोर्ने चोर प्रेमिलाई धन्यवाद !

                    लालीगुरांश  (सिर्जना भण्डारी)

चोरी हुनु संधै कहाँ नराम्रो हो
चोरीले संधै कहाँ खालि मात्र गराउछ
हृदय चोराएर हेर एकफेर
हृदय चोरीएर खालि भएको ठाउँमा
स्मृति कल्पनाका अमृतमय हिरामोतिहरु भरिने रहेछन्
हरस्मृति आनन्दको मुहान बन्ने रहेछ
हरकल्पना भविश्यको आशा बन्ने रहेछ
हरयाद जिवन्त जीवन बन्ने रहेछ
हरश्वास रेशमी बन्ने रहेछ
हरपाइला गन्तव्यतिर बढ्ने रहेछ
हरशव्द अमृत बन्ने रहेछ
हरआभासले मूर्तरुप लिने रहेछ
हरआश्वासन विश्वास भन्ने रहेछ
हरहेराइ मादक हुने रहेछ
हरदृश्य मोहक हुने रहेछ

हरआशा प्रतिक्षा बन्ने रहेछ

हरगतिविधि सुन्दर बन्ने रहेछ
हरफूल सुगन्धित हुने रहेछ
सारा प्रकृति स्वर्ग लाग्ने रहेछ
जीवन परमात्माको प्रकाशले जगमगाउने रहेछ
त्यसैले आव्हान गर्छु तिमीलाई
हे, मेरो हृदय चोर्ने चोर प्रियतम
आउ अझै चोरिदेउ मलाई, लुटिदेउ मलाई
अझै चोरिन अनि लुटिन तयार छु
किनकी, किनकी.... अमं.... यही चोरीले
मलाई खालि गर्यो, होइन होइन भरिदियो
खालि होइन मालामाल भएं, भरिएं

प्रेम रुपी अमृत, हिरामोति, जवाहरात
मेरो जीवनमा आए, मा पूर्णता छायो

मैले चाहेको पनि, नचाहेको पनि सबै पाएँ
तसर्थ,
चोरी हुनु संधै कहाँ नराम्रो हो
चोरीले संधै कहाँ खालि मात्र गराउछ
हृदय चोराएर हेर एकफेर
हृदय चोरीएर खालि भएको ठाउँमा
स्मृति कल्पनाका हिरामोतिहरु भरिने रहेछन् 

हरस्मृति आनन्दको मुहान बन्ने रहेछ
हरकल्पना भविश्यको आशा बन्ने रहेछ !

 

हरस्मृति आनन्दको मुहान बन्ने रहेछ
हरकल्पना भविश्यको आशा बन्ने रहेछ !!

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम D

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...