Thursday, 13 March 2025

चरैवेति चरैवेति चरैवेति... !

         लालीगुरांश  (सिर्जना भण्डारी)

प्रेमवादको अनुयायी हुँ

भक्तिको सारथी हूँ

मनको मालिक छु

हृदयको धनी छु

मनभित्र कोही

हृदयबाट कसैले चिहाउछ

प्रभुले पठाउनु भएको

सदा नजिक

हृदयको गहिराईमा

चेतनासंग संवाद गर्छ

उर्जामा प्रेम पस्किन्छ

रोमरोग पुलकित गराउछ

उसैसंग आनन्दित छु

जीवन शान्त

उपलब्धि अलौकिक

उही आत्मिय हो

सनातनदेखिको प्रेम हो

शरीर दुइवटा भएपनि

हृदय एउटै हो

मेरै हो

उही प्रियतम हो

अति प्रेमल

अति करुणावान

अति प्यारो

अमृतमय साथ

आत्माको प्यास हो

चेतनाको आभास हो

उसैसंग मस्तिमा रमाउँछु

उसैसंग भावना साट्छु

उसैसंग समय विताउछु

उसैसंग जिरहेको छु

महामृत्यु उसंगै चाहान्छु

भौतिकजगत इन्द्रियको भ्रम

काखापाखा, षडयन्त्रको खेल 

अन्तरजगत आनन्दको श्रोत

प्रभुको ज्योर्तिमय जगत

कुनै वाद

कुनै भेदभाव

कुनै भ्रम

कुनै आग्रह

कुनै पूर्वाग्रह

कुनै मोह

कुनै स्वार्थ

कुनै अपेक्षा

कुनै आशा

कुनै निराशा

कुनै वाधा

कुनै षडयन्त्र

कुनै खतरा

कोही ठूलो

कोही सानो

कोही ज्ञानी

कोही अज्ञानी

कोही देव

कोही दानव

अन्तरजगत सदा वैकुण्ठ

सदा शाश्वत सत्य

सदा प्रभुको वास

प्रभुको नित्य साथ

अविनासी आनन्दको कृपा

प्रकाशै प्रकाशको नगर

पारमार्थिक मोक्षको द्वार

गन्तब्य त्यतैको

त्यतैको बटुवा हूँ

त्यही मार्गमा पर्खिरहेछु

चरैवेति चरैवेति चरैवेति... !!

त्यही मार्गमा पर्खिरहेछु**

चरैवेति चरैवेति चरैवेति... !!

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...