लालीगुरांश (सिर्जना भण्डारी)
तिम्रा मुस्कानहरुले पस्किरहने उर्जाको प्रवाह
जसले मेरा रोमरोम आनन्दित बनाउछन् ।
तिम्रा वाणीहरुले पस्किरहने उर्जाको प्रवाह
जसले मेरा कविताका फोहराहरु फुटाउछन् ।
तिम्रा नजरहरुले पस्किरहने उर्जाको प्रवाह
जसले मेरा अंगअंग छोएर तरंग्याउछन् ।
तिम्रो मनले जपिरहने उर्जाको प्रवाह
जसले मेरा मनका तरेलीहरुलाई रंग्याउछन् ।
तिम्रो हृदयले सम्झिरहने उर्जाको प्रवाह
जसले मेरा भावहरुलाई प्रेमरसमा डुवाउछन् ।
तिम्रा हाउभाउका लोभ्याइरहने उर्जाको प्रवाह
जसले मेरा नयनका प्यासहरु मेटाउछन् ।
तिम्रा आशातित पर्खाईहरुका उर्जाको प्रवाह
जसले ममा तडपको गहिराई बढाउछन् ।
तिम्रा वहानाहरु खोजिरहने उर्जाको प्रवाह
जसले मलाई पलपल तिमीमै टिकाउछन् ।
तिम्रा पाइला-पाइलामा कुरिरहने उर्जाको प्रवाह
जसले मेरो हृदय पुलकित गराउछन् ।
तिम्रो परमप्रेमले पस्किरहने उर्जाको प्रवाह
जसले मेरो तनमनमा तुफान ल्याउछन् ।
तिम्रो परमप्रेमले पस्किरहने उर्जाको प्रवाह
जसले मेरो तनमनमा तुफान ल्याउछन् । ।
No comments:
Post a Comment