Tuesday, 25 February 2025

जहाँ सिर्फ प्यारका अमृत हो

                        लालीगुरांश  (सिर्जना भण्डारी)

दिलमे तुमसे इतना प्यार क्यूं ?
कभि में बता नहिंपाउगीं
कितना ? एभि मत पुछो कभि
एभि कभि में बता नहिंसकुगीं
बेसुमार प्यार है तो है ।।
तुमको नजरोंमे रखलिया हमेसाके लिए
तुमको जिगरमे छुपालिया अपने लिए
खुद में हुई शिकार क्यूं ?
एभि कभि में बता नहिंपाउगीं
जो है हमारेविच अच्छा हुवा
लेकिन क्यूं, कैसे अच्छा है
कभि में बता नहिंसकगीं
वातें बतानेकी र्हछि नहिं
एतो चुपचुपके अन्दर सम्हाल्नेकी है
तुमभि बतियाओ मत, चुप रहेजावो
मौसम चुप रहेनेकी चलरही है
सारी दुषित हवाओंको बहे जानेदो
सारी अंध्यारी छाओंको हट जानेदो
मजबुर हालात है चुप रहेजाओ
सबकुछ चुपचाप सहेना है अभि
काले वादल छट जानेदो सभि
हालात है चुपचाप रहेनाका अभि
प्रभुके राहोंमे प्रकाशही प्रकाश है
सदा उन्हीके राहोंमे चल्नाहे हमे
सदा उन्हीपर समर्पित रहेनाहे हमे
उन्होने मिलाया, उन्होनेही अलग किया
उन्हीको फिर एकदुसरेसे मिलानाहे हमे
उन्हीकी प्रकाशसे भरि दिव्य दुनियामे
जहां सिर्फ प्यारही प्यार हो
जहा सिर्फ अमृतका वर्षात हो

जहां सिर्फ प्यारही प्यार हो
जहा सिर्फ अमृतका वर्षात हो ।।

Thursday, 13 February 2025

लबोपे प्यास हृदयपे एहसास

               लालीगुरांश  (सिर्जना भण्डारी)

लबोपे तुम्हारी प्यास
हृदयपे तुम्हारी एहसास
आँखोपे तुम्हारी आश
कभि दुर होताहीनहीं । 

कहुँ क्या तुमसे
बोलुँ क्या तुमसे
मन समझ्ताहै मुस्किलोंको
दिल पागलपागल फिरताहै ।

मनके हरकोनेमे तुम
दिलके हरधड्कनमे तुम
प्राणोके हरश्वासोमे तुम
हरजगाह सिर्फ तुमहितुम ।

तुम्हारी यादें सतातीहै
तुम्हारी ख्वाब रुलनतीहै
तुम्हारी एहसास रुझातीहै
तुम्हारी प्यास रुहानीहै ।

पानेका कोही रास्तानहीं
खोनेका विलकुल हिम्मतनहीं
कहाँ ढुन्डु तुम्हे
कैसे जीउं तुममे ।

देखनेको तरसतीहै आँखे
छुनेको तडपताहै दिल 
आँखोसे आँशु सुख्तेनहीं
दिलसे तडप छुट्तेनहीं ।

बोलनहीं सक्ते हम
मिलनहीं सक्ते हम
आपसमे दुर होकर
रहेभी नहींसक्ते हम ।

आपसमे दुर होकर
रहेभी नहींसक्ते हम । ।

दृश्य जीवनभित्र अदृश्य जीवन भेटियो

                              लालीगुरांश  (सिर्जना भण्डारी)

प्रकृतिको आर्शिवाद सुन्दर, दृश्य जीवनभित्र
अस्तित्वको आर्शिवाद अदृश्य जीवन भेटियो
आनन्द अस्तित्वकै विराट स्वरुप रहेछ
अस्तित्वको विराट आनन्दको सागरमा डुबेपछि
दृश्य जीवनका रागहरु सबै मेटियो ।

अस्तित्वलेनै खोज्यो, रोज्यो सुम्पिएं आफूलाई
तर्सायो, फकायो राख्यो उसकै साथमा
पवित्र बनाइ पठायो प्रकाशपुञ्जमा नुहाइ
सप्तरंगी प्रकाशपुञ्ज जव भरिए जीवनमा 
जीवनभित्रको अदृश्य जीवन उत्रियो हृदयमा ।

हृदयको दर्पणमा आफ्नै स्वरुपलाई देखें
वर्तमानका पलहरुमा आफू स्वयंलाई भेटें
दृश्य जीवनमा अदृश्य जीवन भेटाएं
अलौकिक, दिव्य क्षणहरुमा पलपल रमाएं
आफ्नै स्वरुपसंग झिलमिलाएं उसैमा बिलाएं ।

उ आउछ, छाउछ मनैभरि तनैभरि
प्रेमको पुष्पक बिमानमा उडाउछ घरिघरि
सुगन्ध छरिदिन्छ महकाइदिन्छ अंगअंग सारा
सुम्पिएं उसैलाई सबै खुशीहरु मेरा
अव, उनै जीवन, उनै साहारा ।

सपनामा आउछ, सुस्तरी मलाई चिहाउछ
बिपनामा छाउछ, सूमधूर प्रेमराग गुञ्जाउछ
प्रेमरस पिलाई हृदयमा अमृत भरिदिन्छ
आनन्दमा डुवाउछ, हसाउछ, कहिले रुवाउछ 
नजरले मोहित बनाउछ, सुटुक्क हराउछ ।

उसको यादमा हृदय पुलकित भैरहन्छ
उसको साथको तृष्णाले पलपल सताइरहन्छ
पाउन नसकिने, नत गुमाउननै सकिने
कस्तो अनौठो सत्य अनभूतिमा आयो
दृश्य जीवनभित्र अदृश्य जीवन भेटियो ।

कस्तो अनौठो सत्य अनभूतिमा आयो
दृश्य जीवनभित्र अदृश्य जीवन भेटियो ।

प्यारो दिनमा प्यारो प्रियतमलाई प्यारो अनुरोध

              लालीगुरांश  (सिर्जना भण्डारी) 

आफ्नोलागि उत्कृष्ट शव्द चयन गर्नु

तिमीनै मेरो परमपुज्य परमात्मा हौ
आफ्नोलागि उत्कृष्ट उपमा चयन गर्नु
तिमीनै मेरो हृदयको प्रियतम हौ
आफ्नोलागि स्वच्छ वातावरण चयन गर्नु
तिम्रो हरश्वासमा म चलिरहेको हुन्छु
आफ्नोलागि उत्कृष्ट भाव चयन गर्नु
तिम्रो हरभावनामा म तरंगीरहेको हुन्छु
आफ्नोलागि यादगार स्मृति चयन गर्नु
तिम्रो हरढुकढुकीमा म धड्कीरहेको हुन्छु
आफ्नोलागि उज्वल मुहार चयन गर्नु
तिमीमै मेरो चमक झल्किरहेको हुन्छ
आफ्नोलागि सुन्दर पहिरन चयन गर्नु
तिमीमै मेरो सौन्दर्यता छल्किरहेको हुन्छ
आफ्नोलागि स्वादिष्ठ भोजन चयन गर्नु
तिमीबाटनै म स्वाद लिरहेको हुन्छु
आफ्नोलागि मनोरम दृश्य चयन गर्नु
तिम्रो हरखुशीमा म मुस्कुराइरहेको  हुन्छु
आफ्नोलागि सहज आसन चयन गर्नु
तिम्रो हरबसाइमा म साथसाथ हुन्छु
आफ्नोलागि रमणीय प्रकृति चयन गर्नु
तिम्रो हरआनन्दमा म आल्हादित हुन्छु
आफ्नोलागि सहज सवारी चयन गर्नु
तिम्रो हरयात्रामा म हिडिरहेको हुन्छ
आफ्नोलागि साहसिक कार्य चयन गर्नु
तिम्रो हरजोशमा म हौसिरहेको हुन्छु
आफ्नोलागि सहज जीवन चयन गर्नु
तिम्रो हरसफलतामा म 
झुमिरहेको हुन्छु
आफ्नोलागि सरल दैनिकी चयन गर्नु
तिम्रो हरसुखमा म 
रमाइरहेको हुन्छु
आफ्नोलागि शान्त वातावरण चयन गर्नु
तिम्रो हरधारणामा म छाइरहेको हुन्छु
आफ्नोलागि मिठो संगीत चयन गर्नु
रागको हरआलापमा म गुञ्जीरहेको हुन्छु
आफ्नोलागि सुमधूर गायन चयन गर्नु
शव्दको हरतरंगमा म थरथराइरहेको हुन्छु
आफ्नोलागि भक्तिमय किर्तन चयन गर्नु
भक्तिरसको हरतालमा म नाचिरहेको हुन्छु
अरुकालागि उत्कृष्ट स्ववचन चयन गर्नु
तिम्रो हरवाणीमा म बोलिरहेको हुन्छु
मेरोलागि शव्दहरु उनेर कवितामाला बुन्नु
तिम्रा हरशव्दमा म उनिइरहेको हुन्छु
आफ्नोलागि मिठो सुगन्ध चयन गर्नु
तिम्रो हरउपस्थितिमा म मगमगाइरहेको हुन्छु
आफ्नोलागि रोमाञ्चक एकान्त चयन गर्नु
तिम्रो हरश्रृंगारलाई म सजिइरहेको हुन्छु
आफ्नोलागि सुविधायुक्त सयनकक्ष चयन गर्नु
तिम्रो हरसपनामा म आइरहेको हुन्छु
आफ्नोलागि आरामदायि विस्तरा चयन गर्नु
तिम्रो अंगालोमा म निदाइरहेको हुन्छु ।

आफ्नोलागि आरामदायि विस्तरा चयन गर्नु
तिम्रो अंगालोमा म निदाइरहेको हुन्छु ।

Wednesday, 5 February 2025

तिम्रो उर्जाको प्रवाहले ल्याएको तुफान

                     लालीगुरांश  (सिर्जना भण्डारी) 

तिम्रा मुस्कानहरुले पस्किरहने उर्जाको प्रवाह

जसले मेरा रोमरोम आनन्दित बनाउछन्

तिम्रा वाणीहरुले पस्किरहने उर्जाको प्रवाह
जसले मेरा कविताका फोहराहरु फुटाउछन्

तिम्रा नजरहरुले पस्किरहने उर्जाको प्रवाह
जसले मेरा अंगअंग छोएर तरंग्याउछन्

तिम्रो मनले जपिरहने उर्जाको प्रवाह
जसले मेरा मनका तरेलीहरुलाई रंग्याउछन्

तिम्रो हृदयले सम्झिरहने उर्जाको प्रवाह
जसले मेरा भावहरुलाई प्रेमरसमा डुवाउछन्

तिम्रा हाउभाउका लोभ्याइरहने उर्जाको प्रवाह
जसले मेरा नयनका प्यासहरु मेटाउछन्

तिम्रा आशातित पर्खाईहरुका उर्जाको प्रवाह
जसले ममा तडपको गहिराई बढाउछन्

 

तिम्रा वहानाहरु खोजिरहने उर्जाको प्रवाह

जसले मलाई पलपल तिमीमै टिकाउछन्

 

तिम्रा पाइला-पाइलामा कुरिरहने उर्जाको प्रवाह

जसले मेरो हृदय पुलकित गराउछन्

तिम्रो परमप्रेमले पस्किरहने उर्जाको प्रवाह
जसले मेरो तनमनमा तुफान ल्याउछन्

 

तिम्रो परमप्रेमले पस्किरहने उर्जाको प्रवाह

जसले मेरो तनमनमा तुफान ल्याउछन्

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...