लालीगुरांश  (सिर्जना भण्डारी)
आउनेछ त्यो क्षण अवश्य
जव समय परिपक्व हुनेछ ।
जुड्नेछ हाम्रो साथ अवश्य
जव समयले साथ दिनेछ ।
भेटिनेछौं हामी एकदिन अवश्य
जव आवश्यकता महसुस हुनेछ ।
बन्नेछौं एक हामी अवश्य
जव बन्धनहरु सारा टुट्नेछन् ।
साट्नेछौं आफ्ना भावनाहरु अवश्य
जव महामिलनको घडी आउनेछ ।
समाहित हुनेछौं एकअर्कामा अवश्य
जव तपस्या पूरा हुनेछ ।
एकअर्काको हुनेछौं हामी अवश्य
जव समर्पणको घडी आउनेछ ।
एकअर्काको हुनेछौं हामी अवश्य
जव समर्पणको घडी आउनेछ ।।
No comments:
Post a Comment