Thursday, 5 September 2024

तिम्रो यादको नशा

             लालीगुरांश  (सिर्जना भण्डारी) 

तिम्रो एक झलककोलागि तड्पीरहने मन
तिम्रो यादको नशामा दिनरात लठ्ठीरहन्छ

तिम्रो सामिप्यता पाउन लालायित हृदय
तिम्रो प्रेमको मादकतामा पलपल झुमिरहन्छ

तिम्रो अधरको मधुरस पिरहने नयन
तिम्रो साथको दृश्यमा हलपल डुलिरहन्छ

तिम्रो वाणीको माधुर्यतामा झुमिरहने कान
तिम्रो मृदुभाषको संगीतमा हरक्षण नाचिरहन्छ

तिम्रो स्पर्शको सुगन्ध लिरहने नाक
तिम्रो मुस्कानको अमृत क्षणक्षण पिरहन्छ

तिम्रो प्रेमको शितलतामा भिजिरहने आत्मा
तिम्रो प्रीतिको गहिराइमा पलपल डुबिरहन्छ

तिम्रो आलिंगनको मिठास खोजिरहने तन
तिम्रो आगमनको पर्खाइमा संधै टोल्हाइरहन्छ

तिम्रो आँखामाआँखा जुधाउने अतृप्त तृष्णा
तिम्रो नजरको हेराइसंगै प्यास मेटाइरहन्छ

तिम्रो काँधमाकाँध मिलाउने कर्मको चाहाना

तिम्रो आमन्त्रणको भावसंगै हरक्षण फक्रिरहन्छ

तिम्रो काँधमाकाँध मिलाउने कर्मको चाहाना

तिम्रो आमन्त्रणको भावसंगै हरक्षण फक्रिरहन्छ ।। 

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...