Tuesday, 24 September 2024

शुद्ध मायाँको स्वभाव बेस्वाद हुन्छ

                   लालीगुरांश  (सिर्जना भण्डारी) 

मलाई शुद्ध मायाँ चाहिंदैन प्रिय

शुद्ध मायाँको स्वभाव बेस्वाद हुन्छ

गहिरो मायाँको स्वभाव स्वादिलो हुनुपर्छ

 

अलिअलि कचकच नुन रहेछ मायाँमा

अलिअलि रिश मसला रहेछ मायाँमा

अलिअलि घुर्की रस रहेछ मायाँमा

अलिअलि ठाकठुक स्वाद रहेछ मायाँमा

अलिअलि कटाक्ष सिढी रहेछ मायाँमा

अलिअलि बेवास्ता चाहत रहेछ मायाँमा

अलिअलि सजाय सजगता रहेछ मायाँमा

अलिअलि घोचपेच मिठास रहेछ मायाँमा

अलिअलि गाली सम्मान रहेछ मायाँमा

अलिअलि वियोग प्यास रहेछ मायाँमा

 

अनि,

अलिअलि रुवाइ गहिराइ रहेछ मायाँमा

अलिअलि हँसाई उचाई रहेछ मायाँमा

अलिअलि हेराई मादकता रहेछ मायाँमा

अलिअलि हेरचाह पोषण रहेछ मायाँमा

अलिअलि साथ रहर रहेछ मायाँमा

अलिअलि वासना श्रृंगार रहेछ मायाँमा

अलिअलि कामना आश रहेछ मायाँमा

अलिअलि मृदुभाष मह रहेछ मायाँमा

अलिअलि सामिप्य मधुमास रहेछ मायाँमा

असीम चाहत वरदान रहेछ मायाँमा

असीम शान्ति अमृत रहेछ मायाँमा

असीम आनन्द परमात्मा रहेछ मायाँमा

निरन्तर स्वादीलो मायाँको प्रवाह बढिरहोस

 

असीम चाहत वरदान रहेछ मायाँमा

असीम शान्ति अमृत रहेछ मायाँमा

असीम आनन्द परमात्मा रहेछ मायाँमा

निरन्तर स्वादीलो मायाँको प्रवाह बढिरहोस

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...