लालीगुरांश (सिर्जना भण्डारी)
मलाई तिम्रो हरक्षणको ख्यालछ
तिम्रो मुस्कानको, मिठो
हाँसोको
तिम्रो खुशीको, परम आनन्दको
जुन तिमीले आँखामा भरेकाछौ।
मलाई तिम्रो स्मृतिले सताउँछ
तिम्रो भावले, प्रेम पस्काइले
तिम्रो भाषाले, हृदयको तरगंले
जुन तिमीले लुकाएर देखाएकाछौ।
मलाई तिम्रो बेचैनीले तड्पाउँछ
तिम्रो मजबुरीले, आँतुर
छटपटिले
तिम्रो तडपले, निर्दोष
आँशुले
जुन तिमीले मनभित्र दवाएकाछौ।
मलाई तिम्रो हेराइले रुवाउँछ
तिम्रो चाहनाले, मिलनको
कल्पनाले
तिम्रो तृष्णाले, जीवन्त
सपनाले
जुन तिमीले भविश्यमा सजाएकाछौ।
मलाई तिम्रो हरक्षणको ख्यालछ
नथाक है, नकल्पेउ है
नरुझ है, निदाउ है
जुन तिमीले कोशिश गरिरहेकाछौ।
तिम्रो पिडा, मेरो पिडा
तिम्रो खुशी मेरो खुशी
हाम्रो सपना, हाम्रो संसार
जव भेट्नेछौं स्वर्ग बन्नेछ।
तिम्रो पिडा, मेरो पिडा
तिम्रो खुशी मेरो खुशी
हाम्रो सपना, हाम्रो संसार
जव भेट्नेछौं स्वर्ग बन्नेछ।।
No comments:
Post a Comment