लालीगुरांश (सिर्जना भण्डारी)
कति प्यारो हाँसो तिम्रो
तिमीले दन्तलहर खोली हाँसिदिदा
वसन्तमा रंगीन फुलहरु फूलेसरी!
कति चोखो प्रेम तिम्रो
तिमीले हृदय खोली ओछ्याइदिदा
अमृतमय आनन्दित पलहरु छाएसरी!
कति दिगो साथ तिम्रो
तिमीले हातमा हात राखिदिदा
इश्वरीय दिव्य आशिर्वाद पाएसरी!
कति सपष्ट संकेत तिम्रो
तिमीले नजर उठाइ हेरीदिदा
स्वर्गिय आनन्द धर्तीमा झरेसरी!
कति पोसिलो वातसल्य तिम्रो
तिमीले न्यानो अंगालोमा कसीदिदा
प्रीतीमा तनमन निथ्रुक्क भिजेसरी!
कति गहिरो चाहत तिम्रो
तिमीले मौनमै संवाद गरिदिदा
आँखाका प्यास झन-झन बढेसरी!
कति मिठो भाव तिम्रो
तिमीले प्रेमपूर्ण नजरले हेरिदिदा
तन-मन, भावना नौनीझैं पग्लेसरी!
कति मधूर वाणी तिम्रो
तिमीले प्रेमको बोली बोलिदिदा
संगीतका तरंगीत रागहरु गुञ्जेसरी! 
कति कोमल मन तिम्रो
तिमीले मलाई आफैंभित्र अटाइदिदा
प्रेमल हृदय पुलकित भएसरी!
कति कोमल मन तिम्रो
तिमीले मलाई आफैंभित्र अटाइदिदा
प्रेमल
हृदय पुलकित भएसरी!!
No comments:
Post a Comment