लालीगुरांश (सिर्जना भण्डारी)
सामुद्रिक सूर्यास्त
!!
हे! ब्रह्माण्डका आकर्षण सूर्यदेवता,
तिमी पनि इश्वरको सृष्टि
म पनि इश्वरको सृष्टि
हामी सबै ब्रह्माण्डका सन्तती
हामीभित्रै छ सारा ब्रह्माण्ड
तिमी पनि आफैंमा मस्त
म पनि आफैंमा मस्त
तिमी मलाई नियालेर हेर
म तिमीलाई नियालेर हेर्छु
तिमी मेरो कविता लेख
म तिम्रो कविता लेख्छु
तिमीबिना म अधूरो छु
मबिना तिमी अधूरो छौ
तिमीसंग मेरो पूर्णता छ
मसंग तिम्रो पूर्णता छ
किनकि
तिमी पनि इश्वरको सृष्टि
म पनि इश्वरको सृष्टि
हामी सबै ब्रह्माण्डका सन्तती
हामीभित्रै छ सारा ब्रह्माण्ड !!
No comments:
Post a Comment