Saturday, 16 March 2024

तिम्रो प्रेमको मिठास

                      लालीगुरांश  (सिर्जना भण्डारी) 


शव्दमा नसमेटिने भावमा नअटाउने
तिम्रो प्रेमको अमृतधाराको वहाव
अविरल गंगा बनेर बगिरहेछ ।

नजरले हेरिरहने, हाउभाउले छरिरहने
तिम्रो प्रेमको शितलताको सुवास
सुस्तरी स्पर्श गर्दै फैलिरहेछ ।

हृदयले सम्झिरहने, भावले छोइरहने
तिम्रो प्रेमको चाहतको सुर्योदय
आत्मासम्म प्रकाश छर्दै झिलमिलाईरहेछ ।

आँखाले खोजिरहने, मनले रोजिरहने
तिम्रो प्रेमको कल्पनाको जुनेली
अंगअंगमा रस्मि भर्दै चम्किरहेछ ।

वाणीले बोलिरहने, आँशुले पोखिरहने
तिम्रो प्रेमको पोखाइको मिठास
हृदयभरि अमृत बनेर वर्षिरहेछ ।

यादले सताइरहने, इशाराले सुम्सुम्याइरहने
तिम्रो प्रेमको मूलको वर्षात
आँखाबाट छचल्केर तनमन रुझाइरहेछ ।

तिम्रो प्रेमको मूलको वर्षात
आँखाबाट छचल्केर तनमन रुझाइरहेछ ।

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...