लालीगुरांश (सिर्जना भण्डारी)
प्रेमको वास हृदयमै छ
नजिकिने चाहना तृप्त छ!
प्रेमको गन्तव्य नशा-नशामा छ
मिलनको अपेक्षा तृप्त छ!
प्रेमको चेहरा हर-दृश्यमा छ
दर्शनको चाहना तृप्त छ!
प्रेमको भाव हर-संगीतमा छ
पौडिने आकांक्षा तृप्त छ!
प्रेमको आवाज हर-वचनमा छ
सुन्ने इच्छा तृप्त छ!
प्रेमको स्पर्श अंग-अंगममा छ
छुने तृष्णा तृप्त छ!
प्रेमको जवाफ हर-शव्दमा छ
सोध्ने जिज्ञासा तृप्त छ!
प्रेमको उपस्थिति हर-क्षणमा छ
भेट्ने चाहना तृप्त छ!
प्रेमको नजर हर-पलमा छ
हेर्ने इच्छा तृप्त छ!
प्रेमको साथ हर-कदममा छ
नजिकिने अपेक्षा तृप्त छ!
प्रेमको अंगालो हर-स्मृतिमा छ
बाँधिने चाहना तृप्त छ!
प्रेमको मिठास हर-रशमा छ
चाख्ने भावना तृप्त छ!
प्रेमको दायित्व हर-श्वासमा छ
बुझाउने चाहना तृप्त छ!
प्रेमको आशिर्वाद हर-पूजामा छ
भक्तिको भावना तृप्त छ!
प्रेमको याद हर-धडकनमा छ
डुव्ने चाहना तृप्त छ!
प्रेमको वोध आत्मगुफामा छ
अनुभूतिको आशा तृप्त छ!! 
प्रेमको वोध आत्मगुफामा छ
अनुभूतिको आशा तृप्त छ!!
No comments:
Post a Comment