Sunday, 4 February 2024

💗💖तिमीलाईनै खोजिरहेको तिमीनै देख्छु

                   लालीगुरांश  (सिर्जना भण्डारी) 


म प्रकृतिको पारखी हुँ
हाम्रै समहृदयको सहयात्री हुँ
विहान झुल्किदो सुर्यलाई हेर्छु
किरणहरुमा झिलमिलाएको तिमीनै देख्छु
साँझ उदाउँदो जुनलाई हेर्छु
जुनेलीहरुमा चम्किरहेको तिमीनै देख्छु
सुस्तरी चल्ने वतासलाई हेर्छु
लताहरुमा झुलिरहेको तिमीनै देख्छु
छंङछङ बग्ने झरनालाई हेर्छु
प्रकृतिमा गाइरहेको तिमीनै देख्छु
लहलह झुलेका बेली-चमेलीलाई हेर्छु
वसन्तमा नाचिरहेको तिमीनै देख्छु
पहाडका अटल तरेलीलाई हेर्छु
संकल्पमा डटिरहेको तिमीनै देख्छु
विशाल हरिया फाँटलाई हेर्छु
स्वागतमा उभिइरहेको तिमीनै देख्छु
असिम उच्च आकाशलाई हेर्छु
उत्साहले भरिइरहेको तिमीनै देख्छु
चराचुरुंगीका चिरबिर वथान हेर्छु
गन्तव्यमा पुगिरहेको तिमीनै देख्छु
पशुका चन्चल हाउभाउ हेर्छु
निर्दोषपनमा चलिरहेको तिमीनै देख्छु
ढुकढुकाइरहेको आफ्नै हृदयलाई हेर्छु
यादमा पौडिरहेको तिमीनै देख्छु
अतृप्त आफ्नै आँखाहरुलाई हेर्छु
तिमीलाईनै खोजिरहेको तिमीनै देख्छु।

अतृप्त आफ्नै आँखाहरुलाई हेर्छु
तिमीलाईनै खोजिरहेको तिमीनै देख्छु।

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...