Wednesday, 10 January 2024

ति अविश्मरणीय पलहरु💗💖


            लालीगुरांश  (सिर्जना भण्डारी)

प्रेमालापले पूलकित क्षणका
अभिव्यक्तिहरु कवितामा ढलिरहेछन्,
म तिमीभित्रै हराइरहेछु
दिव्यताको उचाइ चुमिरहेको
तिमी र म
म र तिमी
तिमीमा म अनि
ममा तिमी मात्र
जताततै हरपल देखिरहेछु
तिम्रो केशको सुन्दरता
तिम्रो अधरको चमक
तिम्रा नयनका मादकता
तिम्रा ओठका चन्चलता
तिम्रा हातका स्पर्शहरु
तिम्रा गोडाका गन्तव्यहरु
तिम्रा माधूर्य अभिव्यक्तिहरु
तिम्रो बदनको लचकता
तिम्रा मनहर्ने चालहरु
तिम्रा मरीमेट्ने चाहतहरु
मिठा वाणीका वर्षातहरु
भावनालाई तरल बनाउने
ति रसरंगभरि छालहरु
नजरले पस्कने प्रेमालापहरु
आफ्नो बनाउने संकल्पहरु
लुकीलुकी नियाल्ने नटखटता
संगसंगै विताएका पलहरु
कवितामा कुदीएका प्रितहरु
संगीतमा उनीएका भावहरु
ति पलहरु सम्झिदै
म हरपल हरक्षण
तिम्रै स्मृतिमा डुबिरहन्छु
तिम्रै मादकतामा हराइरहन्छु
मनभरी हृदयभरि छाइरहन्छौ
तिमी नथाकीकन चिहाइरहन्छौ
तिमी नथाकीकन नियालिरहन्छौ!

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...