Tuesday, 13 February 2024

म तिमीमै हराएं💗💖

    लालीगुरांश  (सिर्जना भण्डारी) 


तिम्रो हृदयको बगैंचा पाएर
तिमीमै ढकमक्क फुल्न सकें
तिम्रो प्रेमको गहना लाएर 
तिम्रै श्रृङारमा सजिन सकें
तिम्रो नजरको रोजाई भएर
तिमी भित्रै लुटपुटीन सकें
तिम्रो मनकी रानी भएर
तिम्रा स्मृतिहरुमा रम्न सकें
तिम्रो भावको चाहत बनेर
तिम्रा सिर्जनाहरुमा समेटीन सकें
तिम्रो कल्पनाको चित्र बनेर
म अभिनयहरुमा उत्रन सकें
तिम्रा वाणिहरुको सिको गरेर
म अव्यक्तमै वोल्न सकें
तिम्रा हाउभाउहरुको निधो पाएर
म व्यवहारिकतामा उत्रिन सकें
तिम्रो अपेक्षाको संकेत बुझेर
तिम्रो समिपमा आउन सकें
तिम्रो चंचलताको भाव बुझेर
तिम्रो वरीपरि लाडिन सकें
तिम्रो नजरको तिर्खा बुझेर 
प्यासमा शितलता बर्षाउन सकें
तिम्रा ओठको भाषा बुझेर
तिमी संगसंगै गाउन सकें
तिम्रो इशाराको निश्छलता बुझेर 
म तिमीमै हराउन सकें
तिम्रो प्रेमल पर्खाइ देखेर 
म तिमीमै बिलाउन सकें
तिम्रो प्रेमको पोखाइ देखेर
म तिमीमै डुव्न सकें।

तिम्रो प्रेमको पोखाइ देखेर
म तिमीमै डुव्न सकें।

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...