Friday, 16 February 2024

💗💖तिम्रा अश्रुहरुमा वियोगमा चर्केको हृदय टाँसिरहुँ

                            लालीगुरांश  (सिर्जना भण्डारी) 


तिमी हरखुशीमा खिलखिलाएर हाँसिराख
तिम्रो मिठो हाँसोमा, म
तिम्रैलागि धाराप्रवाह कविता कोरिरहुँ।

तिमी प्रकृतिसंग रमाउँदै नाचिराख
तिम्रो सुन्दर चालमा, म
तिम्रैलागि निरन्तर स्वराग गुनगुनाइरहुँ।

तिमी सबैलाई दिव्यप्रेम बाँडीराख
तिम्रो इश्वरीय सेवामा, म
तिमीमै मेरो परमात्मा देखिरहुँ।

तिमी आफ्ना रचनाहरु छरिराख
तिम्रा स्वपनिल कुंदाइहरुमा, म
आफूलाई त्यसभित्रै सजिएको पाइरहुँ।

तिमी हरस्पन्दनमा प्रेमरस घोलिराख
तिम्रा रंगीन तृष्णाहरुमा, म
तिमीलाई पाउन पलपल तडपिरहुँ।

तिमी हरवचनमा अमृत वर्षाइराख
तिम्रा हृदयस्पर्सी वाणिहरुमा, म
आफ्नो दवेको आवाज सुनिरहुँ।

तिमी हरस्मृतिमा मोतिदाना खसालिराख
तिम्रो हृदयस्पर्सी अश्रुहरुमा, म
वियोगमा चर्केको हृदय टाँसिरहुँ।

तिमी हरस्मृतिमा मोतिदाना खसालिराख
तिम्रा हृदयस्पर्सी अश्रुहरुमा, म
वियोगमा चर्केको हृदय टाँसिरहुँ।।

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...