Tuesday, 9 January 2024

मेरो तत्वज्ञान र तिम्रो वास्तविकता !

                             लालीगुरांश  (सिर्जना भण्डारी)

जव तिमीलाई देखें लाग्यो मैले आफूले आफैंलाई देखें जव तिमीलाई भेटें लाग्यों मैले आफूले आफैंलाई भेटें जव तिमीलाई पाएं लाग्यो मैले आफूले आफैंलाई पाएं जव तिमीलाई अंगालें लाग्यो मैले आफूले आफैंलाई अंगालें जव तिम्रोलागि रोएं लाग्यो मैले आफूले आफ्नैलागि रोएं जव तिमीलाई चिनें लाग्यो मैले आफूले आफैंलाई चिनें चिनें आफूभित्रकै तत्वको रुपमा चिनिन तिम्रो नामले, कामले चिनिन तिम्रो शानले, मानले तिमीले हृदयमा हलचल मच्चायौ तनमन रुझायौ, चाहत बढायौ प्रेम बर्षायौं, समिप गरायौ तिमीमै भुलायौ, सपना देखायौ आफ्नो बनायौ, हृदयमा सजायौ भेट्न बोलायौ, नजिक ल्यायौ तर खै किन होला तिमीले आफूबाट दुर बसायौ मलाई बुझेनौ, चिन्नै मानेनौ हेर्दै हेरेनौ, सुन्दै सुनेनौ तव तिम्रो परिचय खोजें अनि राम्ररी चिनें तिमीलाई तिमी तत्व अनुभूतिबाट पर नाम, मान, शानले शुसोभित लोकप्रिय, प्रसिद्ध व्यक्ति रहेछौ समाज, अध्यात्मका सेवक रहेछौ सबैको हृदयको ढुकढुकी रहेछौ मेरो पहुंचदेखि माथि रहेछौ तिमी अग्लो उचाईमा रहेछौ म तिमीभन्दा निचो छु म छुन सक्दिन तिमीलाई म हुन सक्दिन तिम्रो तर तिम्रै साथमा छु तिम्रै हृदयमा वास गर्छु तिमीलाई देख्न, भेट्न, अंगाल्न सक्दिन त के भो तिमीलाई सम्झेर मुस्कुराउन सक्छु तिमीलाई कल्पेर भिज्न सक्छु तिम्रो तस्बिरलाई तिमी मान्छु तिम्रो यादमा आनन्दित हुन्छु अभौतिक साथमै ढकमक्क फुल्छु दिव्य मिलनलाई पर्खेर बस्छु। अभौतिक साथमै ढकमक्क फुल्छु दिव्य मिलनलाई पर्खेर बस्छु।

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...