Sunday, 7 January 2024

छोटो लाग्दैछ जीवन

                                         लालीगुरांश  (सिर्जना भण्डारी)


तिमीले चिहायौ हृदयमा सुस्तरी सुस्तरी

ढुकढुक धड्कीयो मुटु बेस्सरी बेस्सरी

हर धड्कनले पुकार्छ तिम्रै नाम

तिमीनै तिमी छाइरहन्छौ मेरो स्मृतिभरि 


पाउदैछु तिमीलाई अमृत लाग्दैछ जीवन

रम्दैछु तिमीमै गीत लाग्दैछ जीवन

डुब्दैछु प्रेममा प्रीत लाग्दैछ जीवन

जीउंदैछु तिमीमै छोटो लाग्दैछ जीवन


स्मृतिमा तिमी चिहाइरहन्छौ छाइरहन्छौ हृदयभरि

अनुभवमा तिमी आइरहन्छौ पाइरहन्छु स्पर्शभरि

सरगममा तिमी गुन्जीरहन्छौ सुनिरहन्छु संगीतभरि

नजरमा तिमी झल्कीरहन्छौ देखिरहन्छु दृश्यभरि


प्रेमको वर्षा गराइ तनमन रुझायौ

कहिल्यै नछुट्ने घरजम हृदयमा बसायौ

कहिल्यै नसुक्ने प्रीतको अमृतधारा बहायौ

दिव्य प्रेमको शितल छहारी ओढायौ


तिमीले चिहायौ हृदयमा सुस्तरी सुस्तरी

ढुकढुक धड्कीयो मुटु बेस्सरी बेस्सरी

हर धड्कनले पुकार्छ तिम्रै नाम

तिमीनै तिमी छाइरहन्छौ मेरो स्मृतिभरि 



No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...