Saturday, 16 December 2023

हृदयले भन्छ

                     लालीगुरांश  (सिर्जना भण्डारी)

दिमाग जत्तिकै चलाख र समझदार

मानिसको हृदय पनि भैदिएको भए

सायद जीन्दगीको आनन्द अर्कै हुन्थ्यो!


यो बुझाइ गलत हो, किनकी

हृदय असमझदार र जिद्धि हुन्छ

तर, यसले दिमागको भाव बुझ्छ

दिमाग जस्तो बेजोडको खुराफाति हुदैन

हृदयले भन्छ, सबै ठिक हुन्छ

धैर्य राख, समयसंग चल्दै जाउ

समय भगवान हो, वलवान छ

भगवानको अगाडि तिमी गौण छौ

परिस्थितिको अगाडि तिमी मौन बस

तिमीले चाहेर केही बद्लीदैन यहाँ

तिम्रो होइन, नियन्त्रण उसको हुन्छ

तसर्थ, जे हुन्छ भलाईकोलागि हुन्छ

तिमीले चाहेको भयोभने बिग्रन सक्छ

उसले चाहेको भयोभने वरदान बन्छ

उसले तिम्रो भलाई मात्र हेर्छ

तिमीले आफ्नो फाइदा मात्र हेर्छौ

त्यसैले, हृदयबाट भन, हे भगवान!

मेरो होइन तिम्रो इच्छा पूराहोस्।


त्यसैले, हृदयबाट भन, हे भगवान!

मेरो होइन तिम्रो इच्छा पूराहोस्।

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...