लालीगुरांश (सिर्जना भण्डारी)
चाहिन्न भन्दाभन्दै प्रेमको नशा चढायौ तिमीले
पिउँदिन भन्दाभन्दै प्रेमको रस पिलायौ तिमीले
रुझ्दिन भन्दाभन्दै मेरो तनमन रुझायौ तिमीले
जीउँदिन भन्दाभन्दै प्रेमको अमृत वर्षायौ तिमीले ।
बिउँझिन्न भन्दाभन्दै मेरो हृदयमा घचघचायौ तिमीले
जान्न भन्दाभन्दै सहज बाटो कोरीदियौ तिमीले
सिउरिन्न भन्दाभन्दै प्रेमको फूल सजाइदियौ तिमीले
निहुरिन्न भन्दाभन्दै श्रद्धामा शिर झुकाइदियौ तिमीले ।
हेर्दिन भन्दाभन्दै प्रेममै परमात्मा देखाइदियौ तिमीले
पत्याउन्न भन्दाभन्दै भरोसा दिलाइ मनायौ तिमीले
खाँदिन भन्दैभन्दै प्रेमको भोक जगायौ तिमीले
रुदिन भन्दाभन्दै प्रेमको अश्रुमा डुवायौ तिमीले ।
छुदिन भन्दाभन्दै हृदयमा स्पन्दन बढायौ तिमीले
बेहोसिन्न भन्दाभन्दै मेरो होस उडायौ तिमीले
नजिकिन्न भन्दाभन्दै प्रेमको चुम्बकले खिच्यौ तिमीले
रितिन्न भन्दाभन्दै मबाटै मलाई चोर्यौ तिमीले ।
सहन्न भन्दाभन्दै क्षमा दिन सिकायौ तिमीले
लिन्न भन्दाभन्दै हृदयमै उपहार टक्र्यायौ तिमीले
लाउदीन भन्दाभन्दै स्वयम्वरको माला लगाइदियौ तिमीले
पहिरिन्न भन्दाभन्दै प्रेमको गहना पहिर्याइदियौ तिमीले ।
ओढ्दीन भन्दाभन्दै प्रेमको घुम्टो ओढाइदियौ तिमीले
जल्दिन भन्दाभन्दै प्रेमको अग्निमा जलाइदियौ तिमीले
आउँदीन भन्दाभन्दै हृदयको आकाशमा बोलायौ तिमीले
हिंड्दीन भन्दाभन्दै परमको गन्तव्यमा डोर्यायौ तिमीले ।
रोकिन्न भन्दाभन्दै मलाई आफूभित्रै रोकिदियौ तिमीले
बाँधिन्न भन्दाभन्दै मिठो सम्वन्धमा बाँधिदियौ तिमीले
भुल्दिन भन्दाभन्दै मलाई तिमीभित्रै भुलाइदियौ तिमीले
मान्दिन भन्दाभन्दै एकै-स्वरुपको विश्वास दिलायौ तिमीले ।
भुल्दिन भन्दाभन्दै मलाई तिमीभित्रै भुलाइदियौ
तिमीले
No comments:
Post a Comment