Friday, 15 December 2023

गन्तव्य रोकिएको जीवन

                           लालीगुरांश  (सिर्जना भण्डारी)


तिमी सम्वन्धको स्पष्टता मागीरहेका छौ

म दिन चाहिरहेको छु, तर

मानसपटलमा अलमलिएका भोगाइहरुले रोकीरहेका छन्।


तिमी जीवनको गन्तव्य मागीरहेका छौ

म दिन चाहिरहेको छु, तर

बाटोमै अड्कीएका पाइलाहरुले रोकीरहेका छन्।


तिमी अटुट साथ मागीरहेका छौ

म दिन चाहिरहेको छु, तर

भौतिकताका दृश्य दुरीहरुले रोकीरहेका छन्।


तिमी संवादको अवसर मागीरहेका छौ

म दिन चाहिरहेको छु, तर

वाहिरका अनियन्त्रित मुस्किलहरुले रोकीरहेका छन्।


तिमी प्राकृतिक सुख मागीरहेका छौ

म दिन चाहिरहेको छु, तर

तनमनका प्राकृतिक सिमीतताहरुले रोकीरहेका छन्।


तिमी अघाद आत्मियता मागीरहेका छौ

म दिन चाहिरहेको छु, तर

सम्प्रदायका अन्त्यहिन संस्कारहरुले रोकीरहेका छन्।


तिमी दिव्य प्रेम मागीरहेका छौ,

म दिन चाहिरहेको छु, तर

तनमनका अदृश्य बाँधहरुले रोकीरहेका छन्।


समग्रमा,

तिमी नैसर्गीक अधिकार मागीरहेका छौ

म दिन चाहिरहेको छु, तर

आन्तरीक, सांसारीक अड्चनहरुले रोकीरहेका छन्।



समग्रमा,

तिमी नैसर्गीक अधिकार मागीरहेका छौ

म दिन चाहिरहेको छु, तर

आन्तरीक, सांसारीक अड्चनहरुले रोकीरहेका छन्।




No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...