Friday, 15 December 2023

मौनता के हो!?

                          लालीगुरांश  (सिर्जना भण्डारी)


मौनता नशा हो, तर

यसले आत्म तृप्ति दिदैन।

मौनता विकल्प हो, तर

यसले समस्याको समाधान दिदैन।

मौनता स्वीकृति हो, तर

यसले मनमा स्पष्टता दिदैन।

मौनता कृतज्ञता हो, तर

यसले आन्तरीक आनन्द दिदैन।

मौनता साधना हो, तर

यसले समर्पणको गहिराई दिदैन।

मौनता सौम्यता हो, तर

यसले आत्म शान्ति दिदैन।

मौनता गहना हो, तर

यसले पूर्ण सौन्दर्यता दिदैन।

मौनता तर्क हो, तर

यसले श्रव्य आवज दिदैन।

मौनता तरंग हो, तर

यसले स्पष्ट अनुभूति दिदैन।

मौनता आदर्श हो, तर

यसले सहज व्यवहारिकता दिदैन।

मौनता विषय हो, तर

यसले बुझाइको क्षमता दिदैन।

मौनता आकाश हो, तर

यसले विराटताको आभास दिदैन।

मौनता असिम हो, तर

यसले सिमितताबाट निस्कन दिदैन।

मौनता सभ्यता हो, तर

यसले पूर्ण संस्कार दिदैन।

मौनता गहिराई हो, तर

यसले पूर्णतामा डुव्न दिदैन।

मौनता सुरक्षा हो, तर

यसले आफूमा निडरता दिदैन।

मौनता पूर्णता हो, तर

यसले जीवनमा सम्पूर्णता दिदैन।

मौनता इश्वर हो, तर

यसले आत्यन्तिक गन्तव्य दिदैन।

मौनता पुकार हो, तर

यसले उसको उपस्थिति दिदैन।

मौनता शिष्टाचार हो, तर

यसले आवश्यक सम्मान दिदैन।


किनकी मौनतामा कुनै पनि विषयहरु स्पष्ट रुपमा बुझेको तथा बुझाइएको हुदैन....

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...