लालीगुरांश (सिर्जना भण्डारी)
जव तिमीलाई प्रत्यक्ष नजरले देख्छु
आफूलाई अझ गहिरिदो शुन्यतामा हराएको पाउँछु ।
जव तिमीलाई प्रत्यक्ष कानले सुन्छु
आफूलाई अझ मधूर ध्वनीमा गुञ्जिएको पाउँछु ।
जव तिमीलाई मन्द-मन्द मुस्कुराएको देख्छु
आफूलाई अझ फराकिलो आनन्दमा पौडिएको पाउँछु ।
जव तिमीलाई प्रफुल्लतामा रमाएको देख्छु
आफूलाई अझ माथि-माथि आकाशमा उडेको पाउँछु ।
जव तिमीलाई आफूतिर आकर्षित देख्छु
आफूलाई अझ गाडा रंगमा रंगीएको पाउँछु ।
जव तिमीलाई प्रत्यक्ष अनुभूति गर्छु
आफूलाई अझ गहिरो भावनामा डुवेको पाउँछु ।
जव तिमीको प्रेमल स्पर्शले छुन्छ
आफूलाई स्वर्गीय प्रेमनगरको सुन्दर बगैंचामा पाउँछु ।
जव तिमीलाई मस्त-व्यस्त रहेको देख्छु
आफैंले कर्मयोगको सफलताको उच्चता चुमेको पाउँछु ।
जव तिमीलाई संगीतमा गुनगुनाएको देख्छु
आफ्ना ओठहरु संगीतको लयमा थरथराएको पाउँछु ।
जव तिमीलाई संगीतमा झुमेको देख्छु
आफ्ना पाइलाहरु संगीतका रागमा नाचिरहेको पाउँछु ।
जव तिमीलाई ज्ञानगंगामा जगमगाएको देख्छु
आफैंमा परमात्माको अलौकिक ज्योति झिलमिलाएको पाउँछु।
जव तिमीलाई वेद-मिमांशा बाँडीरहेको देख्छु
आफैंले परब्रह्मको प्रज्ञाको शिखर छोएको पाउँछु ।
जव तिमीलाई वेद-मिमांशा बाँडीरहेको देख्छु
आफैंले परब्रह्मको प्रज्ञाको शिखर छोएको पाउँछु ।।
No comments:
Post a Comment