Friday, 22 December 2023

तिमी नै तिमी !

                            लालीगुरांश  (सिर्जना भण्डारी)


तिमी नै मेरो प्रेम प्रिए

तिमी नै मेरो संसार हौ ।

तिमी नै मेरो साथी प्रिय

तिमी नै मेरो जीवन हौ ।

तिमी नै मेरो श्वासमा प्रिए

तिमी नै मेरो प्राण हौ ।

तिमी नै मेरो आश प्रिए

तिमी नै मेरो विश्वास हौ ।

तिमी नै मेरो पहयात्री प्रए

तिमी नै मेरो सारथी हौ ।

तिमी नै मेरो आत्मामा प्रिए

तिमी नै मेरो भगवान हौ ।

तिमी नै मेरो शुरमा प्रिए

तिमी नै मेरो संगीत हौ ।

तिमी नै मेरो स्वरमा प्रिए

तिमी नै मेरो गीत हौ ।

तिमी नै मेरो धड्कनमा प्रिए

तिमी नै मेरो हृदय हौ ।

तिमी नै मेरो आकाश प्रिए

तिमी नै मेरो धर्ती हौ ।

तिमी नै मेरो तनमनमा प्रिए

तिमी नै मेरो ढुकढुकी हौ ।

तिमी नै मेरो दृष्टिमा प्रिए

तिमी नै मेरो सृष्टि हौ । 

तिमी नै मेरो दृष्टिमा प्रिए

तिमी नै मेरो सृष्टि हौ ।

Thursday, 21 December 2023

प्रेमको आत्मकथा

                              लालीगुरांश  (सिर्जना भण्डारी)


चाहिन्न भन्दाभन्दै प्रेमको नशा चढायौ तिमीले

पिउँदिन भन्दाभन्दै प्रेमको रस पिलायौ तिमीले

रुझ्दिन भन्दाभन्दै मेरो तनमन रुझायौ तिमीले

जीउँदिन भन्दाभन्दै प्रेमको अमृत वर्षायौ तिमीले


बिउँझिन्न भन्दाभन्दै मेरो हृदयमा घचघचायौ तिमीले

जान्न भन्दाभन्दै सहज बाटो कोरीदियौ तिमीले

सिउरिन्न भन्दाभन्दै प्रेमको फूल सजाइदियौ तिमीले

निहुरिन्न भन्दाभन्दै श्रद्धामा शिर झुकाइदियौ तिमीले


हेर्दिन भन्दाभन्दै प्रेममै परमात्मा देखाइदियौ तिमीले

पत्याउन्न भन्दाभन्दै भरोसा दिलाइ मनायौ तिमीले

खाँदिन भन्दैभन्दै प्रेमको भोक जगायौ तिमीले

रुदिन भन्दाभन्दै प्रेमको अश्रुमा डुवायौ तिमीले ।


छुदिन भन्दाभन्दै हृदयमा स्पन्दन बढायौ तिमीले

बेहोसिन्न भन्दाभन्दै मेरो होस उडायौ तिमीले

नजिकिन्न भन्दाभन्दै प्रेमको चुम्बकले खिच्यौ तिमीले

रितिन्न भन्दाभन्दै मबाटै मलाई चोर्यौ तिमीले ।


सहन्न भन्दाभन्दै क्षमा दिन सिकायौ तिमीले

लिन्न भन्दाभन्दै हृदयमै उपहार टक्र्यायौ तिमीले

लाउदीन भन्दाभन्दै स्वयम्वरको माला लगाइदियौ तिमीले

पहिरिन्न भन्दाभन्दै प्रेमको गहना पहिर्याइदियौ तिमीले ।


ओढ्दीन भन्दाभन्दै प्रेमको घुम्टो ओढाइदियौ तिमीले

जल्दिन भन्दाभन्दै प्रेमको अग्निमा जलाइदियौ तिमीले

आउँदीन भन्दाभन्दै हृदयको आकाशमा बोलायौ तिमीले

हिंड्दीन भन्दाभन्दै परमको गन्तव्यमा डोर्यायौ तिमीले ।


रोकिन्न भन्दाभन्दै मलाई आफूभित्रै रोकिदियौ तिमीले

बाँधिन्न भन्दाभन्दै मिठो सम्वन्धमा बाँधिदियौ तिमीले

भुल्दिन भन्दाभन्दै मलाई तिमीभित्रै भुलाइदियौ तिमीले

मान्दिन भन्दाभन्दै एकै-स्वरुपको विश्वास दिलायौ तिमीले । 

भुल्दिन भन्दाभन्दै मलाई तिमीभित्रै भुलाइदियौ तिमीले

मान्दिन भन्दाभन्दै एकैस्वरुपको विश्वास दिलायौ तिमीले ।

Saturday, 16 December 2023

हृदयले भन्छ

                     लालीगुरांश  (सिर्जना भण्डारी)

दिमाग जत्तिकै चलाख र समझदार

मानिसको हृदय पनि भैदिएको भए

सायद जीन्दगीको आनन्द अर्कै हुन्थ्यो!


यो बुझाइ गलत हो, किनकी

हृदय असमझदार र जिद्धि हुन्छ

तर, यसले दिमागको भाव बुझ्छ

दिमाग जस्तो बेजोडको खुराफाति हुदैन

हृदयले भन्छ, सबै ठिक हुन्छ

धैर्य राख, समयसंग चल्दै जाउ

समय भगवान हो, वलवान छ

भगवानको अगाडि तिमी गौण छौ

परिस्थितिको अगाडि तिमी मौन बस

तिमीले चाहेर केही बद्लीदैन यहाँ

तिम्रो होइन, नियन्त्रण उसको हुन्छ

तसर्थ, जे हुन्छ भलाईकोलागि हुन्छ

तिमीले चाहेको भयोभने बिग्रन सक्छ

उसले चाहेको भयोभने वरदान बन्छ

उसले तिम्रो भलाई मात्र हेर्छ

तिमीले आफ्नो फाइदा मात्र हेर्छौ

त्यसैले, हृदयबाट भन, हे भगवान!

मेरो होइन तिम्रो इच्छा पूराहोस्।


त्यसैले, हृदयबाट भन, हे भगवान!

मेरो होइन तिम्रो इच्छा पूराहोस्।

Friday, 15 December 2023

गन्तव्य रोकिएको जीवन

                           लालीगुरांश  (सिर्जना भण्डारी)


तिमी सम्वन्धको स्पष्टता मागीरहेका छौ

म दिन चाहिरहेको छु, तर

मानसपटलमा अलमलिएका भोगाइहरुले रोकीरहेका छन्।


तिमी जीवनको गन्तव्य मागीरहेका छौ

म दिन चाहिरहेको छु, तर

बाटोमै अड्कीएका पाइलाहरुले रोकीरहेका छन्।


तिमी अटुट साथ मागीरहेका छौ

म दिन चाहिरहेको छु, तर

भौतिकताका दृश्य दुरीहरुले रोकीरहेका छन्।


तिमी संवादको अवसर मागीरहेका छौ

म दिन चाहिरहेको छु, तर

वाहिरका अनियन्त्रित मुस्किलहरुले रोकीरहेका छन्।


तिमी प्राकृतिक सुख मागीरहेका छौ

म दिन चाहिरहेको छु, तर

तनमनका प्राकृतिक सिमीतताहरुले रोकीरहेका छन्।


तिमी अघाद आत्मियता मागीरहेका छौ

म दिन चाहिरहेको छु, तर

सम्प्रदायका अन्त्यहिन संस्कारहरुले रोकीरहेका छन्।


तिमी दिव्य प्रेम मागीरहेका छौ,

म दिन चाहिरहेको छु, तर

तनमनका अदृश्य बाँधहरुले रोकीरहेका छन्।


समग्रमा,

तिमी नैसर्गीक अधिकार मागीरहेका छौ

म दिन चाहिरहेको छु, तर

आन्तरीक, सांसारीक अड्चनहरुले रोकीरहेका छन्।



समग्रमा,

तिमी नैसर्गीक अधिकार मागीरहेका छौ

म दिन चाहिरहेको छु, तर

आन्तरीक, सांसारीक अड्चनहरुले रोकीरहेका छन्।




मौनता के हो!?

                          लालीगुरांश  (सिर्जना भण्डारी)


मौनता नशा हो, तर

यसले आत्म तृप्ति दिदैन।

मौनता विकल्प हो, तर

यसले समस्याको समाधान दिदैन।

मौनता स्वीकृति हो, तर

यसले मनमा स्पष्टता दिदैन।

मौनता कृतज्ञता हो, तर

यसले आन्तरीक आनन्द दिदैन।

मौनता साधना हो, तर

यसले समर्पणको गहिराई दिदैन।

मौनता सौम्यता हो, तर

यसले आत्म शान्ति दिदैन।

मौनता गहना हो, तर

यसले पूर्ण सौन्दर्यता दिदैन।

मौनता तर्क हो, तर

यसले श्रव्य आवज दिदैन।

मौनता तरंग हो, तर

यसले स्पष्ट अनुभूति दिदैन।

मौनता आदर्श हो, तर

यसले सहज व्यवहारिकता दिदैन।

मौनता विषय हो, तर

यसले बुझाइको क्षमता दिदैन।

मौनता आकाश हो, तर

यसले विराटताको आभास दिदैन।

मौनता असिम हो, तर

यसले सिमितताबाट निस्कन दिदैन।

मौनता सभ्यता हो, तर

यसले पूर्ण संस्कार दिदैन।

मौनता गहिराई हो, तर

यसले पूर्णतामा डुव्न दिदैन।

मौनता सुरक्षा हो, तर

यसले आफूमा निडरता दिदैन।

मौनता पूर्णता हो, तर

यसले जीवनमा सम्पूर्णता दिदैन।

मौनता इश्वर हो, तर

यसले आत्यन्तिक गन्तव्य दिदैन।

मौनता पुकार हो, तर

यसले उसको उपस्थिति दिदैन।

मौनता शिष्टाचार हो, तर

यसले आवश्यक सम्मान दिदैन।


किनकी मौनतामा कुनै पनि विषयहरु स्पष्ट रुपमा बुझेको तथा बुझाइएको हुदैन....

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...