लालीगुरांश (सिर्जना भण्डारी)
आँशु त निरन्तर बगिरहेका छन्
आपसमा नसाटिएका मात्र हुन्।
हाँसो त निरन्तर फूटिरहेका छन्
आपसमा नबाँडिएका मात्र हुन्।
हृदयले त निरन्तर पुकारीरहेको
छ
एकै ठाउँ जुट्न नसकेको मात्र
हो।
प्रेमले त निरन्तर उचाई
लिरहेको छ
सही ढंगले ननापिएको मात्र हो।
चाहतले त निरन्तर गहिराई
लिरहेको छ
सही ढंगले नडुबिएको मात्र हो।
मन त आतुर छ नि आफैंलाई भेट्न
भरपर्दो उपाय नभेटिएकोले मात्र
हो।
उडेरै जाउँ कि जस्तो पनि लाग्छ
नि
उड्ने पखेटा काटिएकोले मात्र
हो।
आँशु पिएर बस्ने इच्छा त थिएन नि
सबै बाटाहरु थुनिएका भएर मात्र हो।
No comments:
Post a Comment