Monday, 2 January 2023

टाढा हुँदा

                लालीगुरांश  (सिर्जना भण्डारी)


टाढा हुँदा पनि साथै रहेको आभास भइरहने

तिम्रो कहिल्यै नछुट्ने दिव्य छायाँ छ म संग।

 

मिलौंको दुरीमा पनि संधै साथसाथ रहिरहने

तिम्रो गहिरो र मिठो अलौकिक मायाँ छ म संग।

 

ओझल हुँदा पनि संधैं झझल्कोमा आइरहने

तिम्रो अटुट र दिगो प्रेमल स्मरण छ म संग।

 

ठाक-ठुक पर्दा पनि संधै नै आकर्षित गरिरहने

तिम्रो प्रेमको शक्तिशाली चुम्बक छ म संग।

 

प्रत्यक्ष अनुभूति नबाँडे पनि आनन्द आइरहने

तिम्रो प्रेमको अथाह र गहिरो सागर छ म संग।

 

आमने-सामने नभए पनि हरपल आँखा भिजाइरहने

तिम्रो आगमनका अदभूत क्षणहरु छन् म संग।

 

प्रत्यक्ष स्पर्स नभए पनि हरक्षण हृदय धड्काइरहने

तिम्रो अंकमालको त्यो अलौकिक याद छ म संग।

प्रत्यक्ष स्पर्स नभए पनि हरक्षण हृदय धड्काइरहने

तिम्रो अंकमालको त्यो अलौकिक याद छ म संग।।


No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...