Monday, 7 August 2023

कहाँ लाग्छ मायाँ!?

                                     लालीगुरांश  (सिर्जना भण्डारी

हृदयको सिंहासनमा सजाएर राखेको

हृदयको प्रियलाई संधै देखिरहुँझैं लाग्छ

उनको मायाँ आँखामा लागेको हो की!

हृदयको प्रियलाई संधै सुनीरहुँझैं लाग्छ

उनको मायाँ कानमा लागेको हो की!

हृदयको प्रियलाई संधै छोइरहुँझैं लाग्छ

उनको मायाँ हातमा लागेको हो की!

हृदयको प्रियलाई संधै सोचीरहुँझैं लाग्छ

उनको मायाँ मस्तिष्कमा लागेको हो की!

हृदयको प्रियलाई संधै सम्झिरहुँझैं लाग्छ

उनको मायाँ मनमा लागेको हो की!

हृदयको प्रियको स्पर्सको तडप जागीरहन्छ

उनको मायाँ अंगहरुमा लागेको हो की!

हृदयको प्रियको यादले धड्कन बढिरहन्छ

उनको मायाँ मुटुमा लागेको हो की!

हृदयको प्रियको सुमधूर मिठा स्मृतिहरुले

हृदयमा मन्द आनन्द अमृत छरिरहन्छ

उनको मायाँ हृदयमा लागेको हो की!

साँच्चै, कहाँ लागेको होला उनको मायाँ?

किन लागेको होला यतिधेरै उनको मायाँ?

कति अटाएको होला हृदयमा उनको मायाँ?

बहुरुप तथा बहुभाव धारण गर्ने यही मायाँ

हंसाउने, रुवाउने, पागल बनाउने यही मायाँ

परम-आनन्दमा पुर्याउने पनि यही मायाँ!!

 

हंसाउने, रुवाउने, पागल बनाउने यही मायाँ

परम-आनन्दमा पुर्याउने पनि यही मायाँ!!




No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...