Friday, 11 August 2023

आनन्दको आल्हाद

                        लालीगुरांश  (सिर्जना भण्डारी)


सदा आनन्दको दिव्य भावमा रमिरहने

आनन्दित मुस्कान पस्किरने प्यारो प्रियतमले

सुख, खुशी आनन्दका विषयमा बोलिरहंदा

मेरा अंग-अंग आनन्दले पुलकित भएकाछन्

नयनहरु आनन्दको आल्हादले टलपल भरिएकाछन्

हृदयमा परम-आनन्दको मिठो सुवास छरिएकोछ

जीवनमा परमात्माको असीम कृपा वर्षिएकोछ

परम-आनन्दनै परमात्माको शाश्वत गुण रहेछ

परमात्माको दिव्य उपस्थितिले जीवन फलेफूलेकोछ

परमात्माको रुपमा मैले माता-पितालाई पाएकोछु 

परमात्माको रुपमा मैले जीवनसाथीलाई पाएकोछु

परमात्माको रुपमा मैले सन्तानलाई पाएकोछु 

परमात्माको रुपमा मैले प्रियतमलाई पाएकोछु

परमात्माको रुपमा मैले प्रेम-भक्तिलाई पाएकोछु 

परमात्माको रुपमा मैले आदिशक्तिलाई पाएकोछु

परमात्माको रुपमा मैले आफू-स्वयंलाई पाएकोछु

परमात्माको रुपमा मैले नयाँ-परिवार पाएकोछु 

 

म अत्यन्त भाग्यमानी छु-

परमात्माको रुपमा मैले सबैथोक पाएकोछु 





No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...