लालीगुरांश (सिर्जना भण्डारी)
मनको बोझ हलुका होस्
छातिको गाँठो सहजै फुकोस्
श्वांशको गति सरल बनोस्
हृदय सदा फूलझैं फूलोस्
भाव सदा सुवासले भरियोस्!
बन्द कक्षको शुन्य सन्नाटामा
एउटै सिरानीमा दुवैजना अटाउनु
क्षणीक भौतिक प्राप्ति मात्र हो
जसले मनमा राग-मोह बढाउँछ
जीवनलाई आदतको दाष बनाउँछ ।
तर,
एकअर्काको हृदयमा राज गर्नु
पराभौतिक दिव्यताको प्राप्ति हो
परमात्माको समिपमा पुग्नु हो
जसले मनमा प्रेम बढाउँछ 
हृदयमा भक्तिको भाव जगाउँछ
प्रेम र भक्तिको कृपा वर्षाउन 
दयाले पराशक्ति रोएको छ
करुणाले धर्ती फाटेको छ
प्रेमले प्रकृति भिजेको छ
श्रद्धाले आकाश झुकेको छ
साश्वत दिव्य शिवशक्तिलाई मिलाउन
परमात्मा स्वयं जुटेको छ, 
निस्काम प्रेममा समर्पित भक्तहरुलाई
परम-आनन्दको आर्शिवाद वर्षाइरहेको छ।
निस्काम प्रेममा समर्पित भक्तहरुलाई
परम-आनन्दको आर्शिवाद वर्षाइरहेको छ।
                       
No comments:
Post a Comment