लालीगुरांश (सिर्जना भण्डारी)
प्रेम यति मिठो किन,
तिमीलाई भुलाउनै नसकिने
प्रेम यति मुस्कील किन, दुनियांलाई बुझाउनै
नसकिने
प्रेम यति झूठो किन, दशीप्रमाण जुटाउनै नसकिने
प्रेम यति सत्य किन, हृदयबाट मेटाउनै नसकिने!
 
दुनियांले प्रेमको गन्तब्यमा पुग्न देओस या
नदेओस
तिमीबाट खुशी र आनन्द पाइरहुँ, त्यतिनै काफी छ
दुनियांले पवित्र प्रेमको गहिराई बुझोस या
नबुझोस
तिम्रो हृदयमा म सदा धड्कीरहुँ, त्यतिनै काफी छ
दुनियांले पवित्र प्रेमको निश्छलता जानोस या
नजानोस
तिम्रा आँखामा प्रेम सदा छचल्किरहोस, त्यतिनै
काफी छ
दुनियांले मेरो खैर खवर सोधोस या नसोधोस
तिम्रो हेरचाहमा म सदा रहीरहुँ, त्यतिनै काफी छ
दुनियांले पवित्र प्रेमलाई सम्मान देओस या नदेओस
तिम्रो झुकाउ र कदर रहीरहोस, त्यतिनै काफी छ
दुनियांले मलाई संधै खुशी देओस या नदेओस
तिम्रो मिठो यादमा म डुबीरहुँ, त्यतिनै काफी छ
 
प्रेम यति मिठो किन, तिमीलाई भुलाउनै नसकिने
प्रेम यति मुस्कील किन, दुनियांलाई बुझाउनै
नसकिने
प्रेम यति झूठो किन, दशीप्रमाण जुटाउनै नसकिने
प्रेम यति सत्य किन, हृदयबाट मेटाउनै नसकिने!
No comments:
Post a Comment