Monday, 3 July 2023

आहा आहा भो

                              लालीगुरांश  (सिर्जना भण्डारी

आहा आहा भो, हृदय आहा आहा भो

कस्तो हुन्छ दिव्य साथ बल्ल थाहा भो ।


तिम्रो मन मेरो मन साझा जस्तो लाग्छ

तिमी बिना दिव्य यात्रा अधूरो झैं लाग्छ

साथी मात्र~ ~ ~ ~ ~   

साथी मात्र होइन, यहाँ दिव्य साथ भेटीयो

त्यसैले त तन र मनको भाव जोडियो, अनि…

आहा आहा भो, हृदय आहा आहा भो

कस्तो हुन्छ दिव्य साथ बल्ल थाहा भो ।


तिम्रो खुशी तिम्रो शान्ति आफ्नै जस्तो लाग्छ

तिम्रो याद हृदयमा अमृत सरी छाउंछ

प्रेमी मात्र~ ~ ~ ~ ~   

प्रेमी मात्र होइन, यहाँ आफैं भेटीयो

त्यसैले त तन र मनको भाव जोडियो, अनि…

आहा आहा भो, हृदय आहा आहा भो

कस्तो हुन्छ दिव्य साथ बल्ल थाहा भो ।


तिम्रो आगमनले जीवन बैकुण्ठ झैं लाग्छ

तिमी साथ हुँदा मनमा शितलता छाउंछ

प्रीति मात्र~ ~ ~ ~ ~   

प्रीति मात्र होइन, यहाँ दिव्य थीति भेटीयो

त्यसैले त तन र मनको भाव जोडियो, अनि…

आहा आहा भो, हृदय आहा आहा भो

कस्तो हुन्छ दिव्य साथ बल्ल थाहा भो ।


तिमीसंग उड्दा आकाश आफैं जस्तो लाग्छ

दिव्य प्रकाश अंगअंगमा बले जस्तो लाग्छ

प्रेम मात्र~ ~ ~ ~ ~   

प्रेम मात्र होइन, यहाँ परमात्मा भेटीयो

त्यसैले त तन र मनको भाव जोडियो, अनि…

आहा आहा भो, हृदय आहा आहा भो

कस्तो हुन्छ दिव्य साथ बल्ल थाहा भो ।


आहा आहा भो, हृदय आहा आहा भो

कस्तो हुन्छ दिव्य साथ बल्ल थाहा भो ।

 

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...