लालीगुरांश (सिर्जना भण्डारी)
तिमी पनि निशर्त प्रेममा डुबेर हेर
तिमी पनि कसैको चाहतमा मरेर हेर
तिमी पनि कसैको खुशीमा मरिमेटेर हेर
तिमी पनि दिव्य प्रेमको दियो बालेर हेर
तिमी पनि यादको राँकोमा जलेर हेर
तिमी पनि मिलनको आशमा तड्पेर हेर
तिमी पनि आँखामा प्रेमका अश्रु भरेर हेर
तिमी पनि हृदयमा मायाँप्रिती साँचेर हेर
तिमी पनि कलिलो मुटुमा मुटु जोडेर हेर
तिमी पनि मनमा कसैको तस्वीर राखेर हेर
तिमी पनि मन मन्थनको हलाहल पिएर हेर
तिमी पनि बोल्न खोज्ने ओठलाई सिएर हेर
तिमी पनि एक पलमा सदियौं जिएर हेर
तिमी पनि कसैलाई असीम प्रेम गरेर हेर
तिमी पनि कसैको यादमा आफैंलाई बिर्सेर हेर
तिमी पनि आफ्नो हृदय कसैलाई दिएर हेर
तिमी पनि प्रेमको तितो-मिठो दर्द सहेर हेर
अनि
तिमी पनि चरम मुस्किलमा परेर हेर
तिमी पनि पिडाका आँशु पिएर हेर
तिमी पनि घोर अपमानलाई सहेर हेर
तिमी पनि रद्दी दबावलाई झेलेर हेर
तिमी पनि नजितिने लडाइ लडेर हेर
तिमी पनि बिना गल्तीको सजाय भोगेर हेर
अनि
अरुको पिडालाई आफ्नै झैं ठानेर हेर
कति कठिन हुन्छ परिस्थिति सम्हाल्न
जवाफ आफसे आफ मिल्नेछ तिमीलाई।
No comments:
Post a Comment