Sunday, 16 July 2023

तिमी प्रेमको वर्षा वर्षाईराख

             लालीगुरांश  (सिर्जना भण्डारी)

तिमी अटुट प्रेमको वर्षा वर्षाईराख

तिम्रो यादमा निथ्रुक्क भिजीरहुँ

तिमी ओठमा मिठो मुस्कान छरीराख

तिम्रो खुशीमा आनन्दित भइरहुँ

तिमी दिव्य अलौकिक भाव पठाईराख

तिम्रो इश्वरीय भावमा डुबीरहुँ

तिमी कल्पनामा मलाई सजाइराख

तिम्रो हृदयको रानी बनीरहुँ

तिमी सुन्दर नयनले मलाई चियाइराख

तिम्रो दृश्यमा सदा छाईरहुँ

तिमी सपानका चंगा उडाईराख

तिम्रो लट्टाइको धागो बनीरहुँ

तिमी हृदयमा मेरो याद धड्काईराख

तिम्रो यादहरुमा झुम्दै नाचीरहुँ

तिमी अजम्बरी पिरतीको वासुरी बजाईराख

तिम्रो धूनको मादकतामा लठ्ठीरहुँ

तिमी इसाराले मलाई संकेत दिईराख

तिम्रो आव्हानमा दौडीदौडी आईरहुँ

तिमी पानीको ऐनामा दोछायां बनाईराख

तिम्रो छायांसंग छायां मिलाईरहुँ

तिमी नमेटीने यादका विमान उडाईराख

तिम्रो सवारीको यात्री बनीरहु

तिमी भमरा बनी फूलमा डुलीराख

तिम्रो प्रेमको प्यास मेटाईरहुँ

तिमी परम आनन्दको सुवास छरिराख

तिम्रो आँगनको तुलसी बनीरहुँ

तिमी दिव्य शान्तिको दियो बालीराख

तिम्रो शितलतामा सुस्तरी जलीरहुँ

 

तिमी दिव्य शान्तिको दियो बालीराख

तिम्रो शितलतामा सुस्तरी जलीरहुँ

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...