लालीगुरांश (सिर्जना भण्डारी)
यो दिव्य साश्वत सम्वन्धप्रति
असीम चाहत, सदाबहार प्रेम
कहिल्यै किन्चीत कमी नआउने
तिम्रो सागरझैं गहिरो लगाव
अपनत्वको कहिल्यै नवइलाउने भाव
सुवास छरिरहने पिरतीको फूल
हरपल जोडीइरहने सम्वन्धको पुल
हृदयमा याद, आनन्दको आल्हाद
यसको जवाफमा के दिउँ
के गरौं म तिम्रालागि!?
यो मनले त भन्छ
सदा तिम्रो समिप बसीरहुं
सदा संगसंगै उठबस गरीरहुं
हरपल तिमीलाई देखिरहुं
हरपल तिमीलाई सुनीरहुं
तिम्रो स्पर्सको अनुभूति गरीरहुं
तिम्रा प्राकृतिक हक, अधिकारहरु
तिम्रा नैसर्गीक सबै आकांक्षाहरु
सदा म पूरा गरीरहुं
यो सम्वन्धलाई पूरा निभाइरहुं।
तर
यो मनको भाव, चाहत
र हाम्रो सम्वन्धको जटिलता
नदिका दुईकिनारा जस्ता छन्
जसको संगम सम्भवनै छैन
एकले अर्कौलाई देख्न सक्छन
सामिप्यता आकाशको फल हो
वारीको किनारा पारी जादैन
पारीको किनारा वारी आउंदैन
आ-आफ्नो धारमा हिंडीरहेका छन्
आ-आफ्नो जिम्मेदारी निभाइरहेका छन्।
वस्
आ-आफ्नो धारमा हिंडीरहेका छन्
आ-आफ्नो जिम्मेदारी निभाइरहेका छन्।
No comments:
Post a Comment