Monday, 28 August 2023

प्रेम आफू सिकौं र अरुलाई सिकाउं

                  लालीगुरांश  (सिर्जना भण्डारी

        

तिम्रो नैनको सागरमा पौडिएर म

पवित्र प्रेमको गंगामा खेल्न सकौं

प्रेमको पवित्रतामा आफू डुबौं, र

अरुलाई पनि प्रेममा डुब्न सिकाउं ।

 

तिम्रो हृदयको आकाशमा उडेर म

पवित्र प्रेमको आकाशगंगा छुन सकौं

प्रेमको पवित्रतामा आफू पुगौं, र

अरुलाई पनि प्रेममा पुग्न सिकाउं ।

 

तिम्रो अंगालोको स्पर्समा फैलिएर म

पवित्र प्रेमको स्पर्समा भिज्न सकौं

प्रेमको पवित्रतामा आफू भिजौं, र

अरुलाई पनि प्रेममा भिज्न सिकाउं ।

 

तिम्रो चाहनाको गहिराइमा डुबेर म

पवित्र प्रेमको रंगमा रंगीन सकौं

प्रेमको पवित्रतामा आफू सजिउं, र

अरुलाई पनि प्रेममा सजिन सिकाउं ।



तिम्रो ब्रह्मज्ञानको प्रकाशमा बलेर म

पवित्र प्रेमको ज्योतिपुञ्जमा रम्न सकौं

प्रेमको पवित्रतामा आफू चम्कुं, र

अरुलाई पनि प्रेममा चम्किन सिकाउं ।



तिम्रो निर्गुणताको अस्तित्वमा पुगेर म

पवित्र प्रेमको मिठासमा बिलाउन सकौं

प्रेमको पवित्रतामा आफू हराउं, र

अरुलाई पनि प्रेममा हराउन सिकाउं ।

Saturday, 26 August 2023

ऊ यानकी ‘प्रभु’ मेरो साथैमा भएकोले म ढुक्क छु!

                          लालीगुरांश  (सिर्जना भण्डारी) 

 

भौतिक जटिलता र अनेक वेदनाहरुका वावजुद

क्षितिजमा निर्धक्क आफ्नो पंख फिजाइरहेको हुन्छु

किनकी क्षितिजमा सबैको रखवाला बसीरहेको छ

ऊसले सबैलाई एकटकले निरन्तर हेरीरहेको छ

सबैको कर्मको लेखाजोखा नबिराइकन राखीरहेको छ

ऊही ब्रह्माण्डको सर्जक, पालक, संहारक हो

म ऊसैको सृष्टिको अतिसुक्ष्म कण हुं

ऊसैले चलाएको छ ब्रह्माण्डका सारा चक्रहरु

चिन्ता लिएर ऊसको रखवालीको अपमान गर्दिन

 

मेरो आनन्दित जीवनको कारण ऊही हो

मेरो खुशीमा ऊ स्वयं मुस्कुराईरहेको छ

मेरो वेदनामा ऊ संगसंगै रोइरहेको छ

मेरो निसहायपनमा ऊसैले सहरा दिरहेको छ

मेरो निराशाहरुमा ऊही आशा बनेको छ

शिरमा हात राखेर प्रोत्साहन दिरहेको छ

मेरा हरेक आर्जनहरुमा उसैको योगदान छ

मेरा हरेक कर्महरुमा ऊसैको परिश्रम छ

मेरो चेतनामा ऊसैले इटा थपिरहेको छ

मेरो सम्वन्धहरुमा ऊही आफन्ती भएको छ

 

मेरो प्यासमा ऊसैले पानी पिलाएको छ

मेरो भोकमा ऊसैले खानेकुरा फलाएको छ

मेरो थकाइमा ऊसैले निद्रा पठाएको छ

प्रचण्ड गर्मीमा ऊसैले शितलता भिजाएको छ

प्रचण्ड ठण्डीमा ऊसैले न्यानोपन दिलाएको छ

त्यसैले त

भौतिक जटिलता र अनेक वेदनाहरुका वावजुद

क्षितिजमा निर्धक्क आफ्नो पंख फिजाइरहेको हुन्छु

किनकी क्षितिजमा सबैको रखवाला बसीरहेको छ

ऊसले सबैलाई एकटकले निरन्तर हेरीरहेको छ

सबैको कर्मको लेखाजोखा नबिराइकन राखीरहेको छ ।

Sunday, 20 August 2023

मेरा ओठ र तिम्रो प्रेम💗💖

               लालीगुरांश  (सिर्जना भण्डारी) 


मेरा ओठप्रति तिम्रो प्रेमपूर्ण चाहत 

मलाई असाध्यै प्यारो लाग्छ प्रियतम

यी ओठ अवश्य मेरा हुन, तर

यीनमा सुन्दरता तिमीले कुंदेका छौ

यी ओठ अवश्य मेरा हुन, तर

यीनमा शव्द तिमीले भरेका छौ

यी ओठ अवश्य मेरा हुन, तर

यीनमा मुस्कान तिमीले छरेका छौ

यी ओठ अवश्य मेरा हुन, तर

यीनमा हाँसो तिमीले सजाएका छौ

यी ओठ अवश्य मेरा हुन, तर

यीनमा वसन्त तिमीले ल्याएका छौ

यी ओठ अवश्य मेरा हुन, तर

यीनमा सुवास तिमीले छरेका छौ

यी ओठ अवश्य मेरा हुन, तर

यीनमा तृष्णा तिमीले बढाएका छौ

यी ओठ अवश्य मेरा हुन, तर

यीनमा प्यास तिमीले जगाएका छौ

यी ओठ अवश्य मेरा हुन, तर

यीनमा चाहना तिमीले भिजाएका छौ

यी ओठ अवश्य मेरा हुन, तर

यीनमा कल्पना तिमीले सजाएका छौ

यी ओठ अवश्य मेरा हुन, तर

यीनमा सपना तिमीले देखाएका छौ

यी ओठ अवश्य मेरा हुन, तर

यीनमा प्रेम तिमीले फुलाएका छौ

ओठ मेरा, कर्म तिम्रा भएकाले

तिमी यी ओठहरुमा रमाएका छौ

अव, तिम्रो र मेरो भन्नुनै के छर

हामी हाम्रा ओठहरुमा हराएका छौं

हामी हाम्रा भावहरुमा बिलाएका छौं


हामी हाम्रा ओठहरुमा हराएका छौं

हामी हाम्रा भावहरुमा बिलाएका छौं












के गरौं म तिम्रोलागि!

                            लालीगुरांश  (सिर्जना भण्डारी)


यो दिव्य साश्वत सम्वन्धप्रति

असीम चाहत, सदाबहार प्रेम

कहिल्यै किन्चीत कमी नआउने

तिम्रो सागरझैं गहिरो लगाव

अपनत्वको कहिल्यै नवइलाउने भाव

सुवास छरिरहने पिरतीको फूल

हरपल जोडीइरहने सम्वन्धको पुल

हृदयमा याद, आनन्दको आल्हाद

यसको जवाफमा के दिउँ

के गरौं म तिम्रालागि!?


यो मनले त भन्छ

सदा तिम्रो समिप बसीरहुं

सदा संगसंगै उठबस गरीरहुं

हरपल तिमीलाई देखिरहुं

हरपल तिमीलाई सुनीरहुं

तिम्रो स्पर्सको अनुभूति गरीरहुं

तिम्रा प्राकृतिक हक, अधिकारहरु

तिम्रा नैसर्गीक सबै आकांक्षाहरु

सदा म पूरा गरीरहुं

यो सम्वन्धलाई पूरा निभाइरहुं।


तर

यो मनको भाव, चाहत

र हाम्रो सम्वन्धको जटिलता

नदिका दुईकिनारा जस्ता छन्

जसको संगम सम्भवनै छैन

एकले अर्कौलाई देख्न सक्छन

सामिप्यता आकाशको फल हो

वारीको किनारा पारी जादैन

पारीको किनारा वारी आउंदैन

आ-आफ्नो धारमा हिंडीरहेका छन्

आ-आफ्नो जिम्मेदारी निभाइरहेका छन्।


वस्

आ-आफ्नो धारमा हिंडीरहेका छन्

आ-आफ्नो जिम्मेदारी निभाइरहेका छन्।

Friday, 11 August 2023

आनन्दको आल्हाद

                        लालीगुरांश  (सिर्जना भण्डारी)


सदा आनन्दको दिव्य भावमा रमिरहने

आनन्दित मुस्कान पस्किरने प्यारो प्रियतमले

सुख, खुशी आनन्दका विषयमा बोलिरहंदा

मेरा अंग-अंग आनन्दले पुलकित भएकाछन्

नयनहरु आनन्दको आल्हादले टलपल भरिएकाछन्

हृदयमा परम-आनन्दको मिठो सुवास छरिएकोछ

जीवनमा परमात्माको असीम कृपा वर्षिएकोछ

परम-आनन्दनै परमात्माको शाश्वत गुण रहेछ

परमात्माको दिव्य उपस्थितिले जीवन फलेफूलेकोछ

परमात्माको रुपमा मैले माता-पितालाई पाएकोछु 

परमात्माको रुपमा मैले जीवनसाथीलाई पाएकोछु

परमात्माको रुपमा मैले सन्तानलाई पाएकोछु 

परमात्माको रुपमा मैले प्रियतमलाई पाएकोछु

परमात्माको रुपमा मैले प्रेम-भक्तिलाई पाएकोछु 

परमात्माको रुपमा मैले आदिशक्तिलाई पाएकोछु

परमात्माको रुपमा मैले आफू-स्वयंलाई पाएकोछु

परमात्माको रुपमा मैले नयाँ-परिवार पाएकोछु 

 

म अत्यन्त भाग्यमानी छु-

परमात्माको रुपमा मैले सबैथोक पाएकोछु 





Monday, 7 August 2023

कहाँ लाग्छ मायाँ!?

                                     लालीगुरांश  (सिर्जना भण्डारी

हृदयको सिंहासनमा सजाएर राखेको

हृदयको प्रियलाई संधै देखिरहुँझैं लाग्छ

उनको मायाँ आँखामा लागेको हो की!

हृदयको प्रियलाई संधै सुनीरहुँझैं लाग्छ

उनको मायाँ कानमा लागेको हो की!

हृदयको प्रियलाई संधै छोइरहुँझैं लाग्छ

उनको मायाँ हातमा लागेको हो की!

हृदयको प्रियलाई संधै सोचीरहुँझैं लाग्छ

उनको मायाँ मस्तिष्कमा लागेको हो की!

हृदयको प्रियलाई संधै सम्झिरहुँझैं लाग्छ

उनको मायाँ मनमा लागेको हो की!

हृदयको प्रियको स्पर्सको तडप जागीरहन्छ

उनको मायाँ अंगहरुमा लागेको हो की!

हृदयको प्रियको यादले धड्कन बढिरहन्छ

उनको मायाँ मुटुमा लागेको हो की!

हृदयको प्रियको सुमधूर मिठा स्मृतिहरुले

हृदयमा मन्द आनन्द अमृत छरिरहन्छ

उनको मायाँ हृदयमा लागेको हो की!

साँच्चै, कहाँ लागेको होला उनको मायाँ?

किन लागेको होला यतिधेरै उनको मायाँ?

कति अटाएको होला हृदयमा उनको मायाँ?

बहुरुप तथा बहुभाव धारण गर्ने यही मायाँ

हंसाउने, रुवाउने, पागल बनाउने यही मायाँ

परम-आनन्दमा पुर्याउने पनि यही मायाँ!!

 

हंसाउने, रुवाउने, पागल बनाउने यही मायाँ

परम-आनन्दमा पुर्याउने पनि यही मायाँ!!




चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...