Friday, 14 April 2023

हरपल पलपल

                         लालीगुरांश  (सिर्जना भण्डारी


तिमीसंग भेटेदेखि, तिमीलाई पाएदेखि

म त एक्लै-एक्लै मुस्कुराइरहेछु

तिमीलाई नै सम्झेर, हरपल पलपल

तिम्रै गीत गाइरहेछु, म त तिम्रै गीत गुनगुनाइरहन्छु।

 

तिम्रो मिठो मुस्कान भित्र आफूलाई राखिदिएं

तिम्रो सुमधूर साथसंग आफूलाई बाँधिदिएं

तिमीलाई देखेर, हरपल पलपल

तिम्रै यादमा रमाइरहेछु, म त तिम्रै यादमा हराइरहन्छु।

 

तिम्रो गहिरो प्रेम भित्र दिव्य संसार पाएं मैले

तिम्रो गहिरो चाहत भित्र आफैंलाई हराइदिएं

तिमीलाई सोचेर, हरपल पलपल

तिम्रै रंगमा रंगीरहेछु, म त तिम्रै रंगमा रंगीरहन्छु।

 

तिम्रो आँखाको हेराईमा आकर्षणको आभा पाएं मैले

तिम्रो आँखाको गहिरो सागरमा आफूलाई डुबाइदिएं

तिमीलाई भेटेर, हरपल पलपल

तिमी भित्रै बिलाइरहेछु, म त तिमी भित्रै बिलाइरहन्छु।

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...