लालीगुरांश (सिर्जना भण्डारी)
अहो! भुतुक्कै पार्ने तिम्रा ति नजरका हेराइ
ति नजरमा नजर मिलाई प्रेमरस म पिइरहेछु 
परम-ज्योतिको आभा छ तिम्रा ति नजरमा
त्यहि परम ज्योतिको अलौकिकतामा म तैरीरहेछु 
नशाले भरिएका छन् तिम्रा ति प्रेमपूर्ण हेराइ
त्यहि नशामा डुबेर सारा जगत म भुलिरहेछु 
अति प्यारो नजरले जव हेर्छौ तिमी मलाई
तिमीलाई नियालौं कि तिम्रा हेराइलाई म अल्मल्लीरहेछु 
यि नजरमा नजर मिलाई जव मुस्कुराउँछौ तिमी
त्यहि मुस्कानमा परम-आनन्दको मिठास म पाइरहेछु 
ति नजरले मेरा भावहरु जव नियाल्छौ तिमी
मिठा-मिठा प्रेमका भावहरु लुकाउँदै म लजाइरहेछु 
No comments:
Post a Comment