लालीगुरांश (सिर्जना भण्डारी)
ए! जीन्दगी तिमीलाई मेरो कोटी सलाम, यसरी नै सदा तिम्रो साथ म पाउँ.....
छैन कुनै चाहना अव तिमीलाई पाएपछि, पूर्ण भएं म तिमीसंग भेटे पछि ।
तिम्रो आगमनले तृप्त भयो यो मन
तिमी नै सर्वस्व तिमी नै परम-धन
राम्रो नराम्रो सबै तिमीले देख्न सिकायौ
जीवनको भवसागरबाट तिमीले नै उतार्यौ
ए जीन्दगी तिमीलाई मेरो कोटी सलाम, यसरी नै सदा तिम्रो साथ म पाउँ.....
छैन कुनै चाहना अव तिमीलाई पाएपछि, पूर्ण भएं म तिमीसंग भेटे पछि ।
तिमी यसरी मेरो मन-मन्दिरमा छायौ
ब्रह्माण्डकै सारा परम-आनन्द ल्यायौ
तिम्रो प्रेम दिव्य गंगाको पवित्र धारा
हृदय भरि प्रेम नै प्रेम भरिदियौ सारा
ए जीन्दगी तिमीलाई मेरो कोटी सलाम, यसरी नै सदा तिम्रो साथ म पाउँ.....
छैन कुनै चाहना अव तिमीलाई पाएपछि, पूर्ण भएं म तिमीसंग भेटे पछि ।
तिमीले नै मेरा सारा सपना फुलायौ
दिएर त्यो दिव्य साथ परम-पुन्य बनायौ
सदा तिम्रो साथ रहने चाहना छ मेरो
हुँनेछैन टाढा छायाँ बनेर रहन्छु तिम्रो 
ए जीन्दगी तिमीलाई मेरो कोटी सलाम, यसरी नै सदा तिम्रो साथ म पाउँ.....
छैन कुनै चाहना अव तिमीलाई पाएपछि, पूर्ण भएं म तिमीसंग भेटे पछि ।
No comments:
Post a Comment