लालीगुरांश (सिर्जना भण्डारी)
सबैथोक भएपनि तिमीबाट टाढा रहनुपर्दा
जीवनमा केही कमी भएजस्तो लागिरहन्छ
जतातिर हेरेपनि नजरको प्यास मेटीदैन
जीवनमा खालिखालि महसुस भइरहन्छ, तव
तिम्रा तस्वीरहरु पल्टाएर हेर्न थाल्छु
तस्वीरका रंगमा, तिम्रा अंगहरुमा हराउछु...
सागरझैं गहिरा नयनहरुमा नजर ठोकिदा  
पटक-पटक हाम्रा आँखाहरु चार भएका
ती मिठामिठा पलहरु ताजा भैदिन्छन् !
नाकको देब्रेपट्टिको कोठीमा नजर ठोकिदा
पहिलो पटक ध्यानमा तिमी अवतरण भएको
दिव्य पल मानसपटलमा हराभरा भैदिन्छन् !
तिम्रो चम्किलो अधरमा नजर ठोकिदा
तिमीलाई हेर्दै, सुन्दै मन्त्रमुग्द भएका
ती अविश्मरणीय पलहरु ताजा भैदिन्छन् !
तिम्रो तनको आकर्षणमा नजर ठोकिदा
हामीले एकै छानामूनि हप्तौं विताएका
ती रोमान्चक पलहरुले काउकुति लगाइदिन्छन् !
तिम्रा मधूर वाणीहरु कानमा ठोकिदा
हरपल तिमीले पस्किएका सांकेतिक शव्दहरुका
अर्थ र गहिराईहरु ताजा भैदिन्छन् !
संगीतका सुमधूर तरंगहरु कानमा गुञ्जिरहदा
तिमीले लक्षित गरेका भाव तरंगहरुमा
बहेका चाहनाहरुले हृदय पगालि रहन्छन् !
तिम्रो उज्यालो चेहरामा नजर ठोकिदा
आक्कल झुक्कल जुधेका आँखाका भाकाहरुका
स्मृतिहरु ताजा भएर भावनाभरि सलबलाइदिन्छन् !
तिम्रो स्पर्श, सुगन्धको मिठासमा लठ्दिा
तिमीले न्यानो अंगालोमा प्रेमपूर्वक बाधेको
दिव्यपलहरु अंगअंगमा छरिएर तनमनभरि मगमगाइदिन्छन् !
तिम्रो विशेष पहिरनमा नजर ठोकिदा
तिमीलाई पंडितबा भनी गीज्याएका क्षणहरु
ठट्टा, मस्तीका पलहरु ताजा भैदिन्छन् !
तिम्रो शिखरझैं चुच्चो नाकमा नजर ठोकिदा
तिमीलाई चुच्चोनाक भनेर गिज्याएका
ती हसीमजाकका पलहरु ताजा भैदिन्छन् !
तिम्रा चन्चलले व्यवहारहरु स्मृतिमा आउदा
तिम्रो नाम बिगारेर घोचपेच गरेका
संवोधनका ती नामाकरणहरु ताजा भैदिन्छन् !
तिम्रो प्रेम, श्वाशको लय स्मृतिमा आउदा
दुरी, पर्खाइ, अनि मिलनको बेचैनीमा  
हृदयका ती तडपनहरु ताजा भैदिन्छन् !
तिम्रो उदाषी, निराशा स्मरणमा आउदा
चाहेर पनि भेट्न नसकेका मुस्किलका
ती पलहरुले बारबार तर्साइ रहन्छन् !
अनि
तिम्रो आशा, उत्साह स्मरणमा आउदा
हामी सहआत्मीको मिलन निश्चित छ
आशाका किरणहरुले मन-भाव प्रफुल्लित गराइदिन्छन् !
अनि
तिम्रो आशा, उत्साह स्मरणमा आउदा
हामी सहआत्मीको मिलन निश्चित छ
आशाका किरणहरुले मन-भाव प्रफुल्लित गराइदिन्छन् !!
No comments:
Post a Comment