Friday, 27 December 2024

...मनपर्छ मलाई

                       लालीगुरांश  (सिर्जना भण्डारी)


तिम्रो नजरको छविमा
उत्रिन मनपर्छ मलाई
किनकी
परमसाथ पाउँछु त्यहाँ ।

तिम्रो परमसाथको विश्वासमा
हामफाल्न मनपर्छ मलाई
किनकी
परमचाहत देख्छु त्यहाँ ।

तिम्रो परमचाहतको गहिराइमा
खस्न मनपर्छ मलाई
किनकी
परमप्रेम पाउँछु त्यहाँ ।

तिम्रो परमप्रेमको रंगमा
रंगीन मनपर्छ मलाई
किनकी
परमभक्ति भेट्छु त्यहाँ ।

तिम्रो परमभक्तिको रसमा
पौडिन मनपर्छ मलाई
किनकी
प्रेमनगरमा पुग्छु त्यहाँ ।

तिम्रो प्रेमनगरको आनन्दमा
हराउन मनपर्छ मलाई
किनकी
हृदय खिचिन्छ त्यहाँ ।

तिम्रो हृदयको खिचाईमा
तानिन मनपर्छ मलाई
किनकी
परमपवित्रता पाउँछु त्यहाँ ।

तिम्रो परमपवित्रताको सागरमा
डुब्न मनपर्छ मलाई
किनकी
परमात्मानै पाउँछु त्यहाँ ।

तिम्रो परमपवित्रताको सागरमा
डुब्न मनपर्छ मलाई
किनकी
परमात्मानै पाउँछु त्यहाँ ।।

No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...