लालीगुरांश (सिर्जना भण्डारी)
तिम्रो पवित्र दिव्य प्रेमको
नशामा बेहोस भएर जीउंदा
अर्को अलौकिक संसारमा रमाइरहेछु।
तिम्रा नयनमा छचल्किने चाहनाहरुको
नशामा तिमीभित्रै डुब्न
पाउंदा
प्रेमनगरको स्वर्गीय मादकतामा
पौडिरहेछु।
तिम्रा वाणिहरुमा उर्लिने
प्रितहरुको
नशामा लठ्ठीएर तिम्रोसाथ
पाइरहदा
भावको नशालु स्पर्शमा मातिइरहेछु।
तिम्रा तनका अव्यक्त चालहरुको
नशामा लहरिदै साथसाथ मस्किरहदा
मस्ती-मस्तीमा नयाँ यौवन
पाइरहेछु।
तिम्रो हृदयका विलुप्त भावहरुको
नशामा लुटपुटीएर तिमीभित्रै
समाहिदा
परमानन्दमा स्थितभइ संसारबाट
टाढिइरहेछु।
तिम्रो मनमा तरंगीत संकेतहरुको
नशामा तरंगीदै आफूलाई नियाल्दा
आफ्नो पहिचान तिमीभित्रै
पाइरहेछु।
हाम्रो अलौकिक रहस्यपूर्ण
जम्काभेटको
मादक मिलनको कल्पनामा, होसमै
महामिलनको नशाले बेहोस भइरहेछु।
म बेहोस तिमी नशा
मादक मिलनको कल्पनामा, होसमै
महामिलनको नशाले बेहोस भइरहेछु।
हो साँच्चै प्रियतम, म
बेहोस भैरहेछु, तिमीमै बिलाइरहेछु।
हो साँच्चै प्रियतम, म
No comments:
Post a Comment