|| ब्रह्मास्मि(ब्रह्म छ) || अहं ब्रह्मास्मि(म नै ब्रह्म हुँ) || शिवोहम्(म नै शिव हुँ) || तत्वमसि(तिमी पनि त्यही हौ) ||
Wednesday, 10 January 2024
ति अविश्मरणीय पलहरु💗💖
Tuesday, 9 January 2024
मेरो तत्वज्ञान र तिम्रो वास्तविकता !
लालीगुरांश (सिर्जना भण्डारी)
जव तिमीलाई देखें लाग्यो मैले आफूले आफैंलाई देखें जव तिमीलाई भेटें लाग्यों मैले आफूले आफैंलाई भेटें जव तिमीलाई पाएं लाग्यो मैले आफूले आफैंलाई पाएं जव तिमीलाई अंगालें लाग्यो मैले आफूले आफैंलाई अंगालें जव तिम्रोलागि रोएं लाग्यो मैले आफूले आफ्नैलागि रोएं जव तिमीलाई चिनें लाग्यो मैले आफूले आफैंलाई चिनें चिनें आफूभित्रकै तत्वको रुपमा चिनिन तिम्रो नामले, कामले चिनिन तिम्रो शानले, मानले तिमीले हृदयमा हलचल मच्चायौ तनमन रुझायौ, चाहत बढायौ प्रेम बर्षायौं, समिप गरायौ तिमीमै भुलायौ, सपना देखायौ आफ्नो बनायौ, हृदयमा सजायौ भेट्न बोलायौ, नजिक ल्यायौ तर खै किन होला तिमीले आफूबाट दुर बसायौ मलाई बुझेनौ, चिन्नै मानेनौ हेर्दै हेरेनौ, सुन्दै सुनेनौ तव तिम्रो परिचय खोजें अनि राम्ररी चिनें तिमीलाई तिमी तत्व अनुभूतिबाट पर नाम, मान, शानले शुसोभित लोकप्रिय, प्रसिद्ध व्यक्ति रहेछौ समाज, अध्यात्मका सेवक रहेछौ सबैको हृदयको ढुकढुकी रहेछौ मेरो पहुंचदेखि माथि रहेछौ तिमी अग्लो उचाईमा रहेछौ म तिमीभन्दा निचो छु म छुन सक्दिन तिमीलाई म हुन सक्दिन तिम्रो तर तिम्रै साथमा छु तिम्रै हृदयमा वास गर्छु तिमीलाई देख्न, भेट्न, अंगाल्न सक्दिन त के भो तिमीलाई सम्झेर मुस्कुराउन सक्छु तिमीलाई कल्पेर भिज्न सक्छु तिम्रो तस्बिरलाई तिमी मान्छु तिम्रो यादमा आनन्दित हुन्छु अभौतिक साथमै ढकमक्क फुल्छु दिव्य मिलनलाई पर्खेर बस्छु। अभौतिक साथमै ढकमक्क फुल्छु दिव्य मिलनलाई पर्खेर बस्छु।Sunday, 7 January 2024
छोटो लाग्दैछ जीवन
लालीगुरांश (सिर्जना भण्डारी)
तिमीले चिहायौ हृदयमा सुस्तरी सुस्तरी
ढुकढुक धड्कीयो मुटु बेस्सरी बेस्सरी
हर धड्कनले पुकार्छ तिम्रै नाम
तिमीनै तिमी छाइरहन्छौ मेरो स्मृतिभरि ।
पाउदैछु तिमीलाई अमृत लाग्दैछ जीवन
रम्दैछु तिमीमै गीत लाग्दैछ जीवन
डुब्दैछु प्रेममा प्रीत लाग्दैछ जीवन
जीउंदैछु तिमीमै छोटो लाग्दैछ जीवन ।
स्मृतिमा तिमी चिहाइरहन्छौ छाइरहन्छौ हृदयभरि
अनुभवमा तिमी आइरहन्छौ पाइरहन्छु स्पर्शभरि
सरगममा तिमी गुन्जीरहन्छौ सुनिरहन्छु संगीतभरि
नजरमा तिमी झल्कीरहन्छौ देखिरहन्छु दृश्यभरि ।
प्रेमको वर्षा गराइ तनमन रुझायौ
कहिल्यै नछुट्ने घरजम हृदयमा बसायौ
कहिल्यै नसुक्ने प्रीतको अमृतधारा बहायौ
दिव्य प्रेमको शितल छहारी ओढायौ ।
तिमीले चिहायौ हृदयमा सुस्तरी सुस्तरी
ढुकढुक धड्कीयो मुटु बेस्सरी बेस्सरी
हर धड्कनले पुकार्छ तिम्रै नाम
तिमीनै तिमी छाइरहन्छौ मेरो स्मृतिभरि ।
चुपचाप लय मिलाइरहेछ प्रेम
लालीगुरांश ( सिर्जना भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...
- 
लालीगुरांश ( सिर्जना भण्डारी ) जव तिमीलाई प्रत्यक्ष नजरले देख्छु आफूलाई अझ गहिरिदो शुन्यतामा हराएको पाउँछु । जव तिम...
 - 
लालीगुरांश ( सिर्जना भण्डारी ) तिम्रो आँखामा कविता लेखेकोछु तिम्रो आँखाकालागि गीत हरु गुन्गुनाएकोछु, प्रेमका सुम...
 - 
लालीगुरांश ( सिर्जना भण्डारी ) हमें क्षमा करना यारम प्रेमके नशेमे है हम! तुम्हारी प्रेमकी नशेमे उतरकर हदसे गुजररहे है ह...