लालीगुरांश (सिर्जना भण्डारी)
मानव हुनुको धर्म साकार पार्नु छ
आफू-आफू मिलेर हातेमालो गर्दै
धैर्यतापूर्वक निरन्तर अगाडि बढ्नु छ
निरोगी, भाग्यवान, सुखी, खुशी
सरल, सहज, सफल, शान्त अनि
आनन्दित जीवन बनाउनु छ।
अध्यात्म अभियानको वास्तविक परिक्षा
अव बल्ल पो शुरु भएको छ
कुनै पनि गल्ती गर्दै नगरी
उच्च साथ र सजगताका साँधेर
निरन्तर अगाडि बढ्नु छ
पछाडि फर्कने छुट छैन अव
फुकी-फुकी कदम चाल्नु छ
बाटाका तगाराहरु हटाउनु छ
जेलिएका गाँठाहरु फुकाउनु छ
चुनौतीहरुलाई अवसरमा बदल्नु छ
प्रभावकारी योजनाहरु बनाउनु छ
महत्वाकांक्षी लक्ष्य हासिल गर्नु छ
प्रेमको गन्तव्य पहिल्याउनु छ
करुणा र सेवाको मूल फुटाउनु छ
सबैको निस्वार्थ सेवा गर्नु छ
मानवियताको विकास गर्नु छ
आफ्नो जीवनको विज्ञान सिक्नु छ 
अरुलाई जीवनको विज्ञान सिकाउनु छ
नवयुगको स्थापना गर्नु छ
नयाँ समाजको रचना गर्नु छ
धर्तीमातालाई हँसाउनु छ
अध्यात्मको इतिहास रच्नु छ
पुर्खाहरुको सपना फुलाउनु छ
त्यसैले अव कत्तिपनि नथाकीकन
निरन्तर अगाडि बढ्नु छ
किनकी अव नवयुग निर्माण गर्नु छ
निरन्तर अगाडि बढ्नु छ
किनकी अव नवयुग निर्माण गर्नु छ ।
No comments:
Post a Comment