Tuesday, 14 February 2023

हृदय पुलकित भएको त्यो क्षण💗💖

    लालीगुरांश  (सिर्जना भण्डारी)


मेरो मष्तिस्क हारेको त्यो क्षण

तिमीले हृदय जितेको त्यो क्षण

तिमीले अकम्पमा छोएको त्यो क्षण

तिमीले प्रेम पस्केको त्यो क्षण

तिमी हृदयमा छाएको त्यो क्षण

तिमीलाई मनभरी सजाएको त्यो क्षण

तिमी संगसंगै रमाएको त्यो क्षण

तिम्रो यादैयादमा डुबेको त्यो क्षण

तिम्रो धड्कन सुनेको त्यो क्षण

तिम्रो श्वासमा हराएको त्यो क्षण

तिम्रो मुस्कानसंगै मस्किएको त्यो क्षण

तिम्रो सुगन्धमा लठ्ठिएको त्यो क्षण

तिम्रो अंगालोमा बाँधिएको त्यो क्षण

तिम्रो सुन्दरतामा श्रृंगारीएको त्यो क्षण

तिम्रो आगनमलाई पर्खिएको त्यो क्षण

तिमीसंग आँखा जुधाएको त्यो क्षण

तिम्रो छातिमा बिलाएको त्यो क्षण

जीवनमा आल्हाद आएको त्यो क्षण

जीवनमा बाहार छाएको त्यो क्षण

तिमी र म अनि म र तिमीबाट

हामी र हाम्रो अनि हामीलाई भन्ने

प्रेममा समर्पण आएको त्यो क्षण

सबै ति क्षणहरु अत्यन्तै प्यारो लाग्छ

तिमीसंग बितेका क्षणहरु सम्झिरहुँ लाग्छ

तिमीलाई कहिले सुनौं जस्तो लाग्छ

तिमीलाई कहिले देखौं जस्तो लाग्छ

तिमीलाई कहिले भेटौं जस्तो लाग्छ

तिमीलाई सुनीरहुँ जस्तो लाग्छ

तिमीलाई देखीरहुँ जस्तो लाग्छ

तिमीलाई भेटीरहुँ जस्तो लाग्छ

तिमीलाई प्रेम गरिरहुँ जस्तो लाग्छ!

तिमीलाई प्रेम गरिरहुँ जस्तो लाग्छ!!

 

 

 


No comments:

Post a Comment

चुपचाप लय मिलाइरहेछ प्रेम

                    लालीगुरांश   ( सिर्जना   भण्डारी ) न म केही बोल्छु न तिमी केही बोल्छौ तरपनि संवादमै छौं हामी चुपचाप निशव्दमा बहिरहेछ प्र...