लालीगुरांश (सिर्जना भण्डारी)
हे मेरो हृदयको राजा
जव तिमीलाई मैले मेरा यि आँखामा सजाएं
आफ्नै आँखामा डुबिरहन थालेकी छु म
तिमी यि आँखामा यसरी बसेका छौ
ऐनामा पनि तिमी नै तिमी मात्र देख्न थालेकी छु म
तिम्रो यादका मिठास यसरी सजिएका छन् यि आँखामा
अव, मेरा हर सवालको जवाफ
यिनै आँखामा पाउन थालेकी छु म
मेरो मन-मस्तिष्क र हृदयमा तिमी यसरी छाएका छौ
जता हेर्यौ त्यतै तिमी नै तिमी मात्र देख्न थालेकी छु म ।
त्यसैले, हे मेरो हृदयको राजा
तिम्रो स्वांसको गहिराइमा मलाई बसाएर राख
तिम्रो आत्मा भित्रै समेटीन चाहान्छु म
तिम्रो हृदयको कुनामा मलाई सजाएर राख
त्यहाँ आफ्नो शिर राखि तिमीसंग
थोरै आँशु र धेरै हाँसो बाँड्न चाहान्छु म
तिम्रो स्मृत्तिको गहिराइमा मलाई लुकाएर राख
त्यहिं भित्र दिव्य मिलनको अनुभव गर्न चाहान्छु म
किनकी अव,
भरोसा; विश्वास; प्रार्थना; आर्शिवाद
यि सबैको सार तिमीमै देख्न थालेकी छु म
अनि, प्रेमी; प्रियतम; माायाँलु; जीन्दगी
यि सबैको एकरुप तिमीमै पाउन थालेकी छु म ।
जीवनमा तिमी जस्तो आत्मिय जोडी पाएर
स्वर्गीय आनन्दमा रमीरहन थालेकी छु म
तिमीलाई हेरेर र सुनेर जव दिनको शुरुआत हुन्छ
सारा दुनिया प्रेमल र सुन्दर देख्न थालेकी छु म
त्यसैले, हे मेरो हृदयको राजा
तिमी आफ्नो ख्याल राम्ररी राख है
किनकी, तिमी भित्रै हामी दुबैलाई देख्न थालेकी छु म ।।
किनकी, तिमी भित्रै हामी दुबैलाई देख्न थालेकी छु म ।।
No comments:
Post a Comment