लालीगुरांश (सिर्जना भण्डारी)
प्रेमले पुलकित मन भन्छ,
तिमीसंग साथसाथ रही
तिमीलाई संधैभरी देखौं,
तिमीसंग संधै-संधै भेटी
तिमीसंग आँखा जुधाउँ,
तिम्रो हात समाएर हिंड्दै
तिमीसंग मन-मुटु साटौं,
तिम्रो अंगालोमा बाँधिइ
तिमीसंग हाँसो-आँशु बाँडौं,
तिम्रो काँधमा शीर राखी
सारा दुःख पिडा बिसाउँ,
तिम्रो हृदयलाई स्पर्स गरि
तिमी भित्रै सदा-सदा हराउँ,
तिम्रो काखमा लुटपुटीदै
जीवनका सारा बोझ बिसाउँ,
तिम्रो प्रेमको सागरमा डुबी
जीवनका हिरा-मोती खोजौं,
तिम्रै यादको श्रृङगारमा सजिएर
जीवनका अमूल्य पल सजाउँ,
तिम्रो स्पर्सको आनन्दमा हराइ
आफू हासौं तिमीलाई हँसाउँ,
खुशीका एक-एक पल साँची
हाम्रो जीवन स्वर्गझैं बनाउँ,
जीवनका सबै सपनाहरु गाँसी
हाम्रो एउटा बेग्लै संसार रचौं
जीवनका सबै सपनाहरु गाँसी
हाम्रो एउटा बेग्लै संसार रचौं 
No comments:
Post a Comment